बुधबार, असार २४, २०८३

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ।

ब्राजिलको ओलम्पिक रंगशालामा भर्खरै सम्पन्न खेलमा उसले पेरुलाई १-० गोलले हराएको हो।

जितका लागि लुकास पकेटाले एकमात्र गोल गरे। खेलको ३५औं मिनटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै पकेटाले गोल गरेका थिए।

खेल अवधिभर ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले विपक्षीको पोस्टतर्फ १५ प्रहार गरेको थियो। जसमा एकबाहेकका सारा प्रयास नकाम रहेका थिए। यद्यपी ब्राजिलले खेलभरी दबाब राख्न सफल भयो।

यता पेरुले ब्राजिलको पोस्टतर्फ गरेको सातै प्रयास सार्थक रहेनन्। समूह चरणमा पनि समूह बीमा रहेका यि दुई टिमबीचको खेलमा ब्राजिलले ४-० गोलको जित निकालेको थियो।

आजको हारसँगै पेरु भने कोपा अमेरिकाबाट बाहिरिएको छ। भोलि बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।

प्रकाशित: Jul 06, 2021| 02:09 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।