सोमबार, चैत ९, २०८२

घाम नताप्नेलाई 'कोलोरेक्टल क्यान्सर'को जोखिम

पृथ्वीमा रहेका प्रत्यक प्राकृतिक चिज हाम्रा लागि निकै महत्वपूर्ण छन्। जुन कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- पृथ्वीमा रहेका प्रत्यक प्राकृतिक चिज हाम्रा लागि निकै महत्वपूर्ण छन्। जुन कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेको छ। पृथ्वीमा रहेका कुनै पनि प्राकृतिक चिजको कमिले हाम्रो शरीरमा केहीन केही असर गरिरहेको हुन्छ। सुर्यका किरण पनि हाम्रो स्वास्थ्यका लागि निकै महत्वपूर्ण छन्। वैज्ञानिकले यसको कमीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै आएका छन्।

National life

अन्तराष्ट्रिय शोधकर्ताको एक अध्ययन टोलिले सुर्यको पराबैगनी (यूबीबी) किरणको अभावले मानिसमा कोलोरेक्टल क्यान्सरको जखिम हुने निष्कर्ष निकालेको छ। १ सय ८६ देशको डाटा अध्ययन गर्दै उक्त टोलीले वृद्ध मानिसमा यो क्यान्सरको जोखिम बढी पाइएको जनाएको छ। अन्य उमेर समूहका मानिसमा पनि यो क्यान्सरबाट जोगिन विशेष सावधानी अपनाउनु पर्ने अध्ययनले देखाएको छ।

अध्ययनमा सहभागी स्वास्थ्य विशेषज्ञको टोलीले सहरी परिवेसमा बाचिरहेका मानिस सुर्यको रोशनीको सिधा सम्पर्कमा निकै कम आउने गरेको जनाएको छ। सहरका मानिस अधिकांश समय घर वा अफिसमा बिताउने भएकाले उनीहरू सुर्यको सिधा सम्पर्कमा एकदमै कम आउँछन्। जसले गर्दा उनीहरूमा कोलोरेक्टल क्यान्सरको जोखिम उच्च हुन्छ।

अमेरिकाको क्यालिफर्निया विश्वविद्यालय स्यान डिएगोका शोधकर्ताले विभिन्न देशमा सबै उमेर समूहका मानिसमा यूबीबी किरण र कोलोरेक्टल क्यान्सर सम्बन्धि अध्ययन गरेका थिए। अध्ययनको निष्कर्षलाई जर्नल बीएमसी पब्लिक हेल्थमा प्रकाशित गरिएको छ। १ सय ८६ देशका ७६ वर्षसम्मका सबै उमेर समूहका मानिसमा गरिएको अध्ययनमा यूबीबीको अप्रयाप्ताले कोलोरेक्टल क्यान्सरको जोखिम बढाएको पाइएको थियो।

वैज्ञानिकले शरीरका लागि प्रयाप्त मात्रामा भिटामिन डी आवश्यक हुने बताएका छन्। सुर्यको पराबैगनी (यूबीबी) किरणको अपर्याप्ताका कारण शरीरमा भिटामिन डीको कमी हुन्छ। जुन मानिसमा भिटामिन डीको कमी हुन्छ ती मानिसमा कोलोरेक्टल क्यान्सरको जोखिम हुन्छ। भिटामिन डीको प्रयाप्तताले कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न सकिने अध्ययनले देखाएको छ। सुर्यका किरण नै भिटामिन डीको सबै भन्दा उपयुक्त स्रोत हो।

Laxmi sunrise bank
kumari

अध्ययनले यूरोपीय देशका मानिस कोलोरेक्टल क्यान्सरको उच्च जोखिममा रहेको देखाएको छ। अध्ययनले यूरोपमा प्रत्यक वर्ष साढे चार लाख भन्दा बढी मानिस यो क्यान्सरको जोखिममा रहँदै आएको अध्ययनले देखाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: Jul 06, 2021| 01:34 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्