सोमबार, चैत ९, २०८२

परीक्षा नै नलिई विद्यार्थी पास गराउने मध्यपश्चिम विविका निर्देशक विश्वनाथ यादव जागिरबाट बर्खास्त

‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो।’
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं – मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ। निर्देशक उपप्रा यादवले विश्वविद्यालयको शैक्षिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ।

National life

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। यस्तै उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको छ। छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो।

‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो।’

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा‍.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो। समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो। स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उपप्राध्यापक पदबाटै बर्खास्त गरिएको पत्र काटेको उपकुलपति सिंहले बताए।

उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्रध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अकं दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो।’

Laxmi sunrise bank
kumari

परीक्षामा भएको अनियमितता छानबिन गर्न प्रा.डा. दीपबहादुर रावलको नेतृत्वमा समिति गठन गरिएको थियो। 

सम्बन्धित सामग्री-

मध्यपश्चिम विविमा निर्देशक यादवले परीक्षा नै नलिई विद्यार्थी पास गराएको ठहर

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा 'मनपरी गर्ने' निर्देशक यादव छानबिनको 'लेन्स'मा 

मध्यपश्चिम विश्वविद्यालय जहाँ परीक्षा नै नलिई नम्बर दिएर विद्यार्थी पास गराइयो

 

 

प्रकाशित: Jul 05, 2021| 16:22 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्