आइतबार, साउन १७, २०८३

त्रिवि मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर तहमा भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तथा अधिस्नातक (पीजीडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तथा अधिस्नातक (पीजीडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ।

कार्यालयले विद्यार्थीले असार २० गतेदेखि साउन १८ गतेसम्म आवेदन अनलाइनमा राखिएको आवेदन फारम भरेर बुझाउनु पर्ने जनाएको छ।

त्यसैगरी विलम्ब शुल्कसहित साउन १९ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन सकिने विश्वविद्यालयले जानकारी दिएको हो ।
आवेदन फारम विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायको वेवसाइटमा राखिएको छ। 

प्रकाशित: Jul 05, 2021| 12:36 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्