बुधबार, असार २४, २०८३

कोपा अमेरिका सेमिफाइनल : बलियो ब्राजिललाई हराउला पेरुले?

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र पेरु भिड्दैछन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र पेरु भिड्दैछन्। ब्राजिलको ओलम्पिक रंगशालामा मंगलबार बिहान पौने पाँच बजे सुरु हुने खेलमा जित निकाल्दै फाइनल पुग्ने आयोजक ब्राजिल र पेरुको चाहना हुनेछ।

तर कुनै एक सिटमका लागि मात्र साकार हुने त्यो सपना साकार पार्न खेलमा जित आवश्यक छ। जारी कोपामा खेलको लय हेर्दा ब्राजिल उपाधिको बलियो दाबेदार पनि हो।

यसकारण मंगलबार बिहानको खेलमा पेरुविरुद्ध ब्राजिल बलियो देखिनेछ। फिफाले सार्वजकि गरेको विश्व वरियतामा पनि ब्राजिल तेस्रो नम्बरमा छ भने पेरु २७ नम्बरमा छ। ब्राजिलले समूह चरणकै खेलमा पेरुलाई ४–० गोलले हराइसकेको छ। पेरुविरुद्ध अन्तिम समयमा दुई गोल गर्दै ब्राजिलले सानदार जित निकालेको थियो।

त्यो खेलमा एलेक्स सेन्ड्रो, नेयमार, इभर्टन रोबेरो र रिचार्लिसनले गोल गरेका थिए।

यस हिसाबले ब्राजिल बलियो देखिए पनि ०-० गोलबाट सुरु हुने खेलमा दुवैको जितको सम्भावना उत्तिकै हुनेछ। जारी कपको कुरा गर्दा ब्राजिल यो संस्करणभर अपराजित छ। उसले चार खेलमा जित निकालेको छ भने एक बराबरी खेलेको छ।

यता पेरुले क्वार्टरफाइनल खेलमा पाराग्वेविरुद्ध टाईब्रेकरमा जित निकालेको थियो भने समूहमा दुई जितसँगै एक हार एक बराबरी खेलेको थियो।

भोलि बिहानको खेलमा ब्राजिल र पेरु दुई वर्षमा छैटौं पटक खेल्दैछन्। ती दुई वर्षबीच भएका खेलमा ब्राजिलले चार जित निकालेको छ भने एक खेल बराबरी भएको छ। अर्को खेलमा भने पेरुले जित निकालेको छ।

यता पछिल्लो खेलमा बलियो टिम उरुग्वेविरुद्ध जित निकालेर उत्साहित भएको कोलम्बिया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी भने रहने छैन। यो खेलको विजेताले शनिबार हुने फाइनल खेलमा अर्जेन्टिना र कोलम्बियाको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jul 05, 2021| 11:55 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।