सोमबार, चैत ९, २०८२

बागमती प्रदेशका १० पुस्तकालयलाई २५ लाख अनुदान

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई अनुदान उपलव्ध गराएकाे छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई अनुदान उपलव्ध गराएकाे छ।

National life

पुस्तकालयमा पुस्तक खरिदका लागि अनुदान प्राप्त गर्ने १० पुस्तकालयको नामावली सार्वजनिक गर्दै पुस्तकालयलाई बैंक खाता खोली अनुदानबापत प्राप्त भएको प्रति पुस्तकालय साढे दुई लाख रकम बैंकमार्फत् लिई पुस्तकालयले सन्दर्भ सामग्री खरिद गरेका कार्यहरुको विवरण २०७८ असार २८ गतेभित्र पेश गरिसक्न निर्देशनालयले सूचित गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमबाट सार्वजनिक तथा सामुदायिक पुस्तकालयका लागि अनुदान दिने कार्यक्रमअनुसार अनुदान प्राप्त गर्न इच्छुक बागमती प्रदेशभित्रका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुले शिक्षा विकास निर्देशनालयमा प्रस्ताव पेस गरेका थिए।

निर्देशनालयका निर्देशक कृष्णप्रसाद काप्रीले प्रस्तावअनुसार माग गर्ने १० वटा सार्वजनिक पुस्तकालयलाई अनुदान उपलव्ध गराइएको बताए। उनले भने, ‘पुस्तकालयलाई आफ्नै बैंक खाता नहुँदा रकम पठाउन समस्या भएको छ। बैंकबाट अनुदान प्राप्त रकम लिई पुस्तकालले आफ्नोमा आवश्यक पर्ने पुस्तक आफै खरिद गर्नेछन्।’

अनुदान प्राप्त गर्ने पुस्तकालयको नामावली

Laxmi sunrise bank
kumari

१. श्री त्रिवेणी सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र, भिमढुवा, काठमाण्डौं

२. श्री कमला सामुदायिक पुस्तकालय, कमलामाई न.पा.–०४, सिन्धुली

३. श्री विशाल ज्योति पुस्तकालय, वेनीघाट रोराङ्ग–५, विशालटार, धादिङ्ग

४. श्री सरस्वती सामुदायिक पुस्तकालय, डकाहा, सिन्धुली

५. श्री रामेश्वर पुस्तकालय तथा वाचनालय, चितवन

६. श्री रत्नराज्य मा.वि. जुगल गा.पा.– ०५, चनौटे, सिन्धुपाल्चोक

७. श्री भुवानी सामुदायिक पुस्तकालय, रत्ननगर, चितवन

८. श्री काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, काठमाडौं

९. श्री जनता पुस्तकालय, निलकण्ठ–०३, धादिङ्ग

१०.श्री रोशनी पुस्तकालय, हेटौडा उपमहानगरपालिका ४, मकवानपुर

प्रकाशित: Jul 05, 2021| 11:30 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्