बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रि किकमा रोनाल्डोलाई पछि पारेका मेस्सी म्याराडोनाको रेकर्ड नजिक

फ्रि किकमा रोनाल्डोलाई पछि पारेका मेस्सी म्याराडोनाको रेकर्ड नजिक

हिजो आइतबार बिहान सम्पन्न कोपा अमेरिकाको क्वार्टरफाइनल खेलमा इक्वेडरको पोस्टमा एक उदात्त फ्रि किकले दर्शकलाई मन्त्रमुग्ध गरायो।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– हिजो आइतबार बिहान सम्पन्न कोपा अमेरिकाको क्वार्टरफाइनल खेलमा इक्वेडरको पोस्टमा एक उदात्त फ्रि किकले दर्शकलाई मन्त्रमुग्ध गरायो।

त्यसअघि नै दुई गोलका लागि एसिस्ट गरेका विंगर लियोनेल मेस्सीको त्यो गोलसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोलले पराजित गरेको थियो।

ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा सम्पन्न क्वार्टरफाइनलको भिडन्तमा पराजित हुँदै इक्वेडर प्रतियोगिताबाट बाहिरियो भने अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँगको भेट निश्चित गर्यो।

त्यो खेलको सबैभन्दा महत्वपूर्ण दृष्य नै खेलको चोटिलो समयमा कप्तान मेस्सीको फ्रि किक रह्यो। त्यो फ्रि किकसँगै मेस्सीले केही समयअघि क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेको ५६ फ्रि किक गोलबाट अहिले दुई गोल अघि बढेका छन्।

अब उनी म्याराडोनाको फ्रि किक रेकर्डबाट केही अंकले मात्र टाढा छन्। म्याराडोनाले खेल जीवनमा ६२ फ्रि किक गोलको राष्ट्रिय रेकर्ड बनाएका छन्। अब मेस्सी म्याराडोनाको रेकर्डभन्दा चार फ्रि किक गोलले पछि छन्।

उनले बार्सिलोनाबाट ५० फ्रि किक गोल गरेका छन् भने राष्ट्रिय टिमबाट आठ फ्रि किक गोल गरेका छन्। उनले गरेका ७४८ गोलमध्ये ७.७५ प्रतिशत गोल फ्रि किकमार्फत गरेका छन्।

यता रोनाल्डोले भने रियल मड्रिडबाट ३२, म्यानचेस्टर युनाइटेडबाट १३, पोर्चुगलबाट १० र युभेन्टसबाट एक फ्रि किक गोल गरेका छन्। फ्रि किकबाट सर्वाधिक ७७ गोल गर्ने खेलाडी भने जुनिन्हो पेनाबुकानो हुन्। दोस्रोमा ब्राजिलका पेले रहेका छन्। उनले ७० गोल फ्रि किकमार्फत गरेका थिए।

प्रकाशित: Jul 05, 2021| 06:02 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।