आइतबार, जेठ ३, २०८३

४० लाख डोज भेरोसेल खोप ल्याउन उडान तालिका सार्वजनिक

तीन उडानमार्फत् ४० लाख डोज भ्याक्सिन ल्याइनेछ। भ्याक्सिन लिन असार २३ गते पहिलो उडान चीन जाने भएको छ। २४ गते बेइजिङबाट पहिलो चरणको खोप ल्याइने छ। यस्तै साउन १ गते दोस्रो चरणमा खोप ल्याइने छ भने अन्तिम चरणमा साउन ८ गते खोप ल्याइने गरी तालिका सार्वजनिक गरिएको छ। 
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनबाट भ्याक्सिन ल्याउनका लागि उडान तालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उडान तालिका ट्विट गर्दै ४० लाख डोज भ्याक्सिन ल्याई लगाइने जानकारी दिएका छन्। 

National life

'४० लाख डोज भ्याक्सिन चीनबाट ल्याइने उडान तालिका नेपाल एयरलाइन्सले सार्वजनिक गरेको छ,' ट्विटमा उनले लेखेका छन्। 

तीन उडानमार्फत् ४० लाख डोज भ्याक्सिन ल्याइनेछ। भ्याक्सिन लिन असार २३ गते पहिलो उडान चीन जाने भएको छ। २४ गते बेइजिङबाट पहिलो चरणको खोप ल्याइने छ। यस्तै साउन १ गते दोस्रो चरणमा खोप ल्याइने छ भने अन्तिम चरणमा साउन ८ गते खोप ल्याइने गरी तालिका सार्वजनिक गरिएको छ। 

केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग ४० लाख डोज भ्याक्सिन खरिदका लागि सम्झौता भएको सार्वजनिक गरेको थियो। 

Image

प्रकाशित: Jul 04, 2021| 14:18 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्