आइतबार, साउन १७, २०८३

सरकारले माग्यो क्षति भएका विद्यालयको विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढीपहिरो, डुबान, हावाहुरी र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढीपहिरो, डुबान, हावाहुरी र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।

केन्द्रले क्षति भएका सबै विद्यालयको विवरण असार २५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले स्थानीय तहसँगको सम्पर्क र समन्वयमा पठाउन निर्देशन दिएको हो।

क्षतिको विवरण संकलन गरी सोको प्रतिवेदन तयार गरेर इलेक्ट्रोनिक कपी २५ गते भित्र केन्द्रको इमेल ठेगानामा र सक्कल प्रति असार मसान्तभित्र केन्द्रको योजना तथा अनुगमन शाखामा आइपुग्ने गरी पठाउन केन्द्रले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: Jul 04, 2021| 07:58 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्