बुटवल– लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएको दाबी पार्टीले गरेको छ।
एक हप्तादेखि पार्टीसँग सम्पर्कविहीन भएर त्यसपछि एमालेमै फर्केको विज्ञप्ति निकालेकी वली बुधबार एकाएक प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी माओवादीले बताएको छ।
माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन्। विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको ती नेताले बताए।