बिहीबार, असार २५, २०८३

नेपाली क्रिकेट टोलीलाई माइ सेकेन्ड टिचरको आर्थिक सहयोग

‘माइ सेकेन्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- ‘माइ सेकेन्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

गत वैशाखमा सम्पन्न त्रि–देशीय क्रिकेट प्रतियोगितामा उपाधि जितेको क्रिकेट टोलीलाई बिहीबार माइ सेकेन्ड टिचरले नगद रु. ५ लाख सहयोग गरेको हो। साथै उसले सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ ।

सिरिजमा मलेसिया, नेदरल्याण्डस र नेपाल सहभागी थिए। उक्त सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पूरै विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।

प्रकाशित: Jul 01, 2021| 13:33 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।