बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टिमका २० जनाको कोरोना रिपोर्ट हिजो पोजेटिभ, आज १३ जनाको नेगेटिभ

राष्ट्रिय फुटबल टिमका २० जनाको कोरोना रिपोर्ट हिजो पोजेटिभ, आज १३ जनाको नेगेटिभ

राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलमा गरी २० जनालाई कोरोना संक्रमण देखिएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलमा गरी २० जनालाई कोरोना संक्रमण देखिएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

National life

‘हिजो गरिएको टेस्टमा २० जनाको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसको आज पुन परीक्षण गर्दा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने।

त्यस्तै, बाँकी ७ जनाको चाहिँ रिपोर्ट आइनसकेकाले केही पछि मात्र थाहा हुने उनले बताए। धेरै संख्यामा कोभिड-१९ को संक्रमण देखिएपछि जुलाई १ तारिखबाट सुरु गर्ने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछिबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बिहीबार) बिहान एक सूचना जारी गर्दै प्रशिक्षण एक साता पछिबाट मात्र सुरु हुने जनाएको थियो।

‘आजबाट सुरु हुने भनिएको बन्द प्रशिक्षण एक सातापछि स्थगित भएकोमा दुःखी छौं। अहिलको विषेश परिस्थितका कारण समयमै बन्द प्रशिक्षण सुरु गर्न नसकिएको हो,’ एन्फाले सूचनामा लेखेको थियो।

Laxmi sunrise bank
kumari

नेपाली राष्ट्रिय फुटबल टिमले एसिया कपको तेस्रो चरणको छनोट र साफ गेम्सको तयारीका लागि बन्द प्रशिक्षणको तयारी गरेको हो। अब जुलाई ७ तारिखबाट बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, इरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक वस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की

कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, रन्जन गुरुङ, रन्जित धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पाशवान, रोहित चन्द, संजोक राई, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

गोलकिपर : अर्पण कार्की, किरणकुमार लिम्बू, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार

प्रकाशित: Jul 01, 2021| 11:47 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।