काठमाडौं– २०२१ को जुन अन्तिममा प्रिमियर क्लब टोटेनहम हट्सपरमा अनुबन्धित भएका प्रशिक्षक नुनो स्प्रिटो सान्टोले सिजनको सुरुबाटै लगातार जित निकाल्ने बताएका छन्।
दुई वषको लागि स्पर्समा अनुबन्ध भएका प्रशिक्षक नुनोले आउँदो सिजनको सानदार सुरुआत गर्ने भन्दा चाँडै नै प्रिसिजन सुरुआत गर्ने पनि बताए।
टोटेनहमले जोसे माउरिन्होलाई अप्रिलमा क्लबबाट बर्खास्त गरेपछि २९ वर्षे रियन मेसनले क्बल सम्हालिरहेका थिए। त्यसपछि मुख्य प्रशिक्षक खोजीका लागि लामो समय खर्च गरेको टोटेनहमले अहिले नयाँ प्रशिक्षक पाएको हो।
माउरिसियो पाचेतिनो, एन्टोनियो कोन्टे, पोउल फोन्सिया र गेनेरो गट्टुसोसँगको कुराकानी सफलतामा नपुगेपछि नुनो टोटेनहमका प्रशिक्षक बनेका हुन्।
नुनोले २०१७ यता उल्भरह्याम्टनलाई च्याम्पियनसिपबाट युरोपा लिगको क्वार्टरफाइनलसम्म पुर्याएका थिए। उनले २०१७–१८ को आफ्नो पहिलो सिजनमै च्याम्पियनसिपको उपाधि जितेका थिए। त्यसपछि क्लबलाई सातौं स्थानमा ल्याएका नुनोले गएको सिजन १३ स्थानमा राखेका थिए।
‘टोटेनहममा हुनु मेरो लागि गर्वको कुरा हो। म क्लबमा काम सुरु गर्नका लागि उत्साहित छु,’ अनुबन्ध भएपछि उनले भने, ‘हार्नका लागि अब हामीसँग कुनै दिन उपलब्ध हुनेछैन। हामीले चाँडै प्रिसिजन सुरु गर्नुपर्नेछ।’
यता उनले लिगको दोस्रो खेलमा नै आफ्नै पूर्वक्लब उल्भ्सको सामना गर्नेछन्। तर क्लबका २७ वर्षे स्ट्राइकर उनको टिममा हुनेछन् वा छैनन् भन्ने अहिल्यै निर्धारण भइसहेको छैन।
उनले टोटेनहमका अध्यक्ष ड्यानियल लिवेसँग भविष्यबारे राम्रो कुराकानी हुने विश्वास गरेको बताएका छन्।