काठमाडौं- जुलाई १ तारिखबाट सुरु गर्ने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछिबाट सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना जारी गर्दै प्रशिक्षण एक साता पछिबाट मात्र सुरु हुने जनाएको हो।
‘आजबाट सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछि स्थगित भएकोमा दुखी छौं। अहिलको विषेश परिस्थितका कारण समयमै बन्द प्रशिक्षण सुरु गर्न नसकिएको हो,’ एन्फाले सूचनामा लेखेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले एसिया कपको तेस्रो चरणको छनोट र साफ गेम्सको तयारीका लागि बन्द प्रशिक्षणको तयारी गरेको हो। अब जुलाई ७ तारिखबाट बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।