बुधबार, माघ ७, २०८२

मेस्सीको सम्झौता सकियो, अर्कै क्लब जाने सम्भावना कति?

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको क्लबसँगको सम्झौता बुधबार राति सकिएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको क्लबसँगको सम्झौता बुधबार राति सकिएको छ। यससँगै उनी अब स्वतन्त्र ट्रान्फरमार्फत् विश्वका जुनसुनै क्लबमा जान स्वतन्त्र भएका छन्।

National life

गएको वर्ष नै बार्सिलोना छोडेर म्यानचेस्टर सिटी जान चाहेका मेस्सीलाई क्याटलान क्लबले जान दिएको थिएन। तर, यो वर्षको जुन मध्यरातमा सम्झौता सकिएसँगै उनी बार्सिलोनाबाट बाहिरिएर अन्य सुनसुकै क्लबमा जान पनि स्वतन्त्र भएका हुन्।

अहिले विश्वकै सबैभन्दा चर्चित खेलाडी मेस्सी क्लबबिहीन बनेका छन्। अहिले उनी बार्सिलोनामै बस्नसक्ने विषयमा पनि कुराकानी भइरहेको छ। उनी क्याम्प नोउमै बस्नसक्ने विश्वास पनि गरिएको छ। 

मेस्सीलाई आफ्नो टिममा लग्न चाहने क्लबका लागि यो खुसीको कुरा हो। किनकि उनी कुनै अतिरिक्त मूल्य बिनै जुनसुकै क्लबका लागि उपलब्ध छन्।

अहिले अर्जेन्टिनाको राष्ट्रिय फुटबल ड्युटीमा रहेका कप्तान मेस्सी ब्राजिलले आयोजना गरेको कोपा अमेरिका खेलिरहेका छन्। त्यहाँ उनी अर्जेन्टिनाबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। उनले १४८ खेल खेलेका छन्।

Laxmi sunrise bank
kumari

अर्को सिजनमा कहाँ पुग्लान मेस्सी ?

स्पेनिस फुटबल लेखक गुलियम बलेगले एक हप्ता अघि नै बार्सिलोनाले मेस्सीसँगको सम्झौता जोडतोडले उठाएर लेखेका थिए। तर, उनले जुलाई १ अघि नै सम्झौता नविकरण हुने जनाए पनि अहिलेसम्म भएको छैन्।

‘मेस्सीसँगको सम्झौता नविकरण भने अहिलेका अध्यक्ष जोवन लापोर्ताको मुख्य प्राथमिकतामा छ। उनको नविकरणबारे मेस्सीका पिता जर्ज मेस्सी र प्रतिनिधिसँग कुरा भइरहेको छ,’ बलेकले लेखेको समाचारमा उल्लेख छ।

यदि उनी अब बार्सिलोनामा रहन्छन् भने ला लिगाको फेयर प्ले अवश्यकताका आधारमा उनको तलब घट्नेछ। जहाँ बार्सिलोनाले ज्यालादरको बिल २०० मिलियन युरोमा ल्याउनु पर्नेछ।

यता मेस्सीलाई थाहा छ कि अन्य क्लबले पनि उनलाई अनुबन्ध गर्न चाहिरहेका छन्। तर, अहिलेसम्म उनी अन्य क्लबसँग जोडिएको पाइएको छैन। किनभने उनी अहिलेसम्म पनि बार्सिलोनाले के अफर गर्नसक्छ भन्ने पर्खिएर बसिरहेका छन्।

यसअघि उनी म्यानचेस्टर सिटी वा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग जोडिएका थिए। त्यसमा पनि बार्सिलोनाका स्पेनिस प्रशिक्षक पेप ग्वार्डिवला भएको सिटी जान चहान्थे। त्यसपछि उनी अमेरिकी मेजर लिग सकरमा जाने विश्वास गरिएको थियो।

गएको वर्ष चाहिँ मेस्सीले क्लब छोड्ने भन्दै बार्सिलोनालाई पत्र नै पठाएका थिए। त्यसपछि बार्सिलानाले आपतकालिन बैठक गर्दै उनको बहिर्गमन रोकेको थियो। बाहिरिने भए बार्सिलोनाले मुद्दा हाल्ने बताएपछि मेस्सी बार्सिलोनामै रोकिएका थिए।

प्रकाशित: Jul 01, 2021| 06:53 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।