बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लामो प्रयासपछि म्यान्चेस्टर युनाइटेड साञ्जोलाई अनुबन्धन गर्न सफल

लामो प्रयासपछि म्यान्चेस्टर युनाइटेड साञ्जोलाई अनुबन्धन गर्न सफल

इंग्ल्यान्डका फरवार्ड जाडन साञ्चो म्यानचेस्ट युनाइटमा अनुबन्धन हुने पक्का भएको छ। युनाइटेडले ७३ मिलियन पाउन्डमा २१ वर्षे साञ्चेलाई अनुबन्ध गर्ने भएको हो।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– इंग्ल्यान्डका फरवार्ड जाडन साञ्चो म्यानचेस्ट युनाइटमा अनुबन्धन हुने पक्का भएको छ। युनाइटेडले ७३ मिलियन पाउन्डमा २१ वर्षे साञ्चेलाई अनुबन्ध गर्ने भएको हो।

अब उनी मेडिकल प्रक्रियापछि युनाइटेडमा पाँच वर्षको लागि सम्झौता गर्ने छन्। उनी एक वर्षअघि बढाउन सक्ने गरि पाँच वर्षको सम्झौता गर्ने भएका हुन्।

युनाइटेडले अनुबन्धको प्रक्रिया अघि बढाएको एक वर्षभन्दा लामो समयमा साञ्चेलाई अनुबन्ध गरेको हो। युनाइटेडले साञ्चोको ट्रान्सफर फिवापत्को रकम पाँच बराबरी किस्तामा बोरुसिया डर्टमन्डलाई पैसा तिर्नेछ।

योससँगै ह्यारी म्यागुरीपछि साञ्चे इंल्ग्ल्यान्डका अहिलेसम्मकै दोस्रो महंगो खेलाडी बनेका छन्। यसअघि सन् २०१९ मो म्यागुरी लेस्टर सिटीबाट ८० मिलियम पाउन्डमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। 

साञ्चोको अनुबन्धनसँगै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफूले चाहेका चार स्थानमा खेलाडी पुरा गरेका छन्। पछिल्लो सिजन सोल्सायरको टिम यनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको थियो।

साञ्चे सन् २०१७ मा म्यानचेस्टर सिटीबाट बोरुसिया डर्टमन्डमा पुगेका थिए। जहाँबाट उनले सिनियर फुटबल केरियर सुरु गरेका थिए। डर्टमन्डबाट उनले १३७ सिनियर खेलमा ५० गोल गरेका छन् भने ५७ एसिस्ट गरेका छन्।

साथै, उले लाइप्जिकविरुद्धको जर्मन कप फाइनलमा दुई गोल गर्दै डर्टमन्डलाई उपाधि दिलाएका थिए। यता राष्ट्रिय टिमबाट २०१८ मा डेब्यू गरेयता साञ्चेले २० क्याम जितेका छन्। जहाँबाट उनले तीन गोल गरेका छन्।

प्रकाशित: Jul 01, 2021| 05:51 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।