काठमाडौं- जारी युरोकपको अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ। मंगलबार राति अन्तिम १६ को खेल सकिएसँगै शुक्रबार र शनिबार राति हुने क्वार्टरफाइनल खेलको सम्पूर्ण टुंगो लागेको हो।
अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले स्पेनसँग खेल्नेछ भने बेल्जियमले इटालीको सामना गर्नेछ। त्यस्तै, चेक गणतन्त्रले डेनमार्कको सामना गर्नेछ भने इंग्ल्यान्डले युक्रेनको सामना गर्नेछ।
खेल तालिका :
१. स्विट्जरल्यान्ड र स्पेन, केस्तोभ्स्की रंगशाला सेन्ट पिटर्सबर्ग (शुक्रबार राति ९:४५ बजे)
२. बेल्जियम र इटाली, एलियन्ज एरिना म्युनिख (शुक्रबार राति १२:४५ बजे)
३. चेक गणतन्त्र र डेनमार्क, बाकु ओलम्पिक रंगशाला, बाकु (शनिबार राति ९:४५ बजे)
४. इंग्ल्यान्ड र युक्रेन, स्टेडियो ओलम्पिको, रोम (शनिबार राति १२:४५ बजे)