बुधबार, माघ ७, २०८२

५५ वर्षपछि जर्मनीविरुद्ध इंग्ल्यान्डको जित

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याेसँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६ पछि पहिलो जित निकालेको छ। खेल अवधिभर जर्मनीले विपक्षीको पोस्टमा नौ प्रहार गरेको थियो। तर उसको कुनै प्रहार सफल हुन सकेनन्। यता इंग्ल्यान्डका पनि पाँच प्रहारमा एकबाहेक सबै प्रयास खेर गए।

National life

यो जितसँगै इंग्ल्यान्डले इटालीको रोम सहरमा हुने क्वार्टरफाइनलमा युक्रेन र स्विडेनको विजेतासँग भिड्नेछ। जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीले समूह चरणमा पोर्चुगललाई हराएको थियो भने फ्रान्ससँग हार बेहोरेको थियो। यसले घरेलु मैदानमा हंगेरीसँग बराबरी खेलेको थियो। इंग्ल्यान्डले भने अहिलेसम्मका सबै खेल घरेलु मैदानमा मात्र खेलेको छ।

ठूला प्रतिस्पर्धामा इंग्ल्यान्ड र जर्मनीका यसअघिका खेल :

१९६६ विश्वकप फाइनल : इंग्ल्यान्ड ४–२ जर्मनी
१९७० विश्वकप क्वार्टरफाइनल : जर्मनी ३–२ इंग्ल्यान्ड
१९९० विश्वकप सेमिफाइनल : जर्मनी ४–३ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
१९९६ युरोकप सेमिफाइनल :  जर्मनी ६–५ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
२०१० विश्वकप अन्तिम १६ : जर्मनी ४–१ इंग्ल्यान्ड
जर्मनीलाई २–० गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 29, 2021| 18:17 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।