बिहीबार, असार २५, २०८३

जर्मनीलाई २–० गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २–० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो। 

 इंग्ल्यान्डको जितका लागि रहिम स्टार्लिङ र कप्तान ह्यारी केनले १–१ गोल गरेका हुन्। खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन्। तर दोस्रो हाफको अन्तिम १५ मिनेट बाँकी रहँदा इंग्ल्यान्डले दुई गोल गरेर जित निकाल्यो। जितका लागि रहिम स्टार्लिङले ७५ औं गोल गर्दै अग्रता बनाएका थिए। उनले लुके सको क्रसलाई गोलमा परवर्तन गरेसँगै इंग्ल्यान्डले अग्रता बनाएको थियो।

जारी युरो कपका इंग्ल्यान्डका लागि स्टार्लिङले आफ्नो तेस्रो गोल गरे। उनले क्रोएसिया र चेक गणतन्त्रविरुद्ध गोल गरेका थिए।

जर्मनीका थोमस मुलरको ८१ औं मिनेटको प्रयास गरेको काउन्टर अट्याक प्रहार भने पोस्टको नजिकैबाट बाहिरिएको थियो। ८६ औं मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरे। उनले जे गियरलिसको पासमा गोल गरेका थिए।

रसिया विश्वकपको सर्वाधिक गोलकर्ता केनले जारी युरो कपमा पहिलो गोल गरेका हुन्। उनको गोलसँगै इंग्ल्यान्डले २–० गोलको जित निकाल्यो।

घरेलु मैदान वेम्बलीमा केही बेरअघि सम्पन्न खेलमा इंगल्यान्डले जर्मनीलाई पराजित गरेकाे हाे। इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।

प्रकाशित: Jun 29, 2021| 17:58 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।