बुधबार, माघ ७, २०८२

पेनाल्टी मिस भएपछि क्षतविक्षत भएँ : एम्बाप्पे

स्विट्जरल्यान्डविरुद्धको पेनाल्टीमा गोल गर्न नसकेपछि फ्रान्सले हार बेहोरेकोमा फरवार्ड केलियन एम्बाप्पेले माफी मागेका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– स्विट्जरल्यान्डविरुद्धको पेनाल्टीमा गोल गर्न नसकेपछि फ्रान्सले हार बेहोरेकोमा फरवार्ड केलियन एम्बाप्पेले माफी मागेका छन्।

National life

सोमबार राति रोमानियाको बुखारेस्टमा सम्पन्न खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतर्फ अघि बढेको थियो। तर थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन। यसकारण खेलको नजिता टाइब्रेकरबाट लिइएको थियो।

रेफ्रीले प्रदान गरेको पेनाल्टीको १० अवसरमा केलियन एम्बाप्पेबाहेकका ९ खेलाडीले नै प्रहारलाई गोलमा परिणत गरेका थिए। एम्बाप्पेले प्रहार गरेको बल भने स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले रोकेपछि फ्रान्स ५–४ गोलको हारसँगै जारी युरोकपबाट बाहिरिएको थियो।

आफ्नो कारणले टिम हारेको भन्दै एम्बाप्पेले माफी मागेका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, ‘यो हारबाट बाहिर निस्कन निकै मुस्किल पर्नेछ। हामीले लक्ष्य पूरा गर्न नसकेपछि धेरै दुःख लागेको छ। म त्यो पनाल्टी सुटबाट निकै दुःखी छु। म टिमलाई सहयोग गर्न चाहन्थेँ। आजको राति निकै पीडादायी हुनेछ। तर खेलको आरोहअवरोहको एक पक्ष यो पनि हो, जसलाई म मन पराउँछु।’

उनले खेल जित्ने स्विट्जरल्यान्डलाई बधाई पनि दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 29, 2021| 13:15 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।