बिहीबार, असार २५, २०८३

टी–२० विश्वकप यूएई र ओमनमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० विश्वकप अब युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमनमा गर्ने भएको छ। इन्डियामा आयोजना गरिएको प्रतियोगितालाई आईसीसीले यूएई र ओमनमा गर्ने आज मंगलबार जानकारी दिएको हो।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० विश्वकप अब युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमनमा गर्ने भएको छ। इन्डियामा आयोजना गरिएको प्रतियोगितालाई आईसीसीले यूएई र ओमनमा गर्ने आज मंगलबार जानकारी दिएको हो।

‘कोभिड–१९ महामारीका कारण प्रतियोगिता इन्डियाबाट यूएई र ओमनमा सारिएको हो। तर प्रतियोगिताको आयोजक भने बीसीसीआई नै रहनेछ,’ आईसीसीले सूचनामा लेखेको छ, ‘विश्वकप क्रिकेट आउँदो अक्टोबर १७ देखि नोभेम्बर २०२१ सम्म हुनेछ।’

अब विश्वकप दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधाबीको शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमन क्रिकेट एकेडेमी ग्राउन्डमा खेल हुनेछ। ‘हामी आईसीसी विश्वकप २०२१ सुरक्षित रुपमा सम्पन्न होस् भन्ने चाहन्छौं। तर इन्डियामा पूर्वनिर्धारित रुपमा प्रतियोगिता हुन नसकेपछि चाहिँ हामी निकै दुःखी छौं,’ आईसीसीका सीईओ जेफ अलडाइसले भनेका छन्, ‘अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सुरक्षित रहेको देशमा हामीले प्रतियोगिता आयोजना गर्न लागेका हौँ। जसले धेरै विदेशी टिमलाई बायो सेक्योर वातावरणमा राख्न सक्छ त्यहाँ आयोजना भएको हो।’

यता इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय साहले आयोजकले सबै तवरले प्रतियोगिता सम्पन्न गर्न कसुर नछोड्ने दावी गरेका छन्। ‘बीसीसीआईले प्रतियोगिता इन्डियामा गराउने सबै प्रयास गरेको थियो। तर महामारीका कारण इन्डियामा खेल आयोजना गर्नु सुरक्षित भएन। तर यूएई र ओमनमा प्रतियोगिता आयोजना भए पनि बीसीसीआईले यसलाई सम्झन योग्य प्रतियोगिता बनाउनेछ,’ उनले भने।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पनि विश्वकपको महत्त्व सम्झाउँदै देश भन्दा प्रतियोगिता आयोजना हुनु ठूलो कुरा रहेको बताएका छन्। यता इमिरेट्स क्रिकेट बोर्डका उपाध्यक्ष अलिद अल जारोनीले इमिरेट्स बोर्डलाई विश्वकप आयोजना गरेकोमा आईसीसी र बीसीसीआईलाई धन्यवाद दिएका छन्। उनले आफ्नो देशको सरकारको सहयोगमा मात्र यो सबै सम्पन्न भएको बतएका छन्।

प्रकाशित: Jun 29, 2021| 10:48 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।