बिहीबार, असार २५, २०८३

यस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण

समूह चरणका खेल सकिएसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- समूह चरणका खेल सकिएसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। आज (मंगलबार) बिहान समूहका खेल सकिएपछि अब कोपा अमेरिकामा शनिबार बिहानबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।

क्वार्टरफाइनको पहिलो खेलमा पेरुले पाराग्वेसँग भेट गर्नेछ। पेरुले समूह बी मा ७ अंक बनाउँदै दोस्रो स्थान कायम गरेको थियो। उसले दुई जित निकालेको थियो भने एक हारसँगै एक बराबरी खेलेको थियो। 

यता समूह ए को पाराग्वेले ६ अंकसहित तेस्रो स्थान हासिल गरेको थियो। ए को यो खेल ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा हुनेछ।

ब्राजिलको ओलम्पिक रंगशालामा शनिबार बिहानै हुने अर्को खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ। यी दुई टिम पछिल्ला दुई सिजनको कोपा अमेरिकाका विजेता हुन्।

चिलीले २०१६ को संस्करणमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो भने ब्राजिलले २०१९ को संस्करणमा पेरुलाई नै हराउँदै उपाधि जितेको थियो। तर, जारी कोपामा चिली समूह ए को चौथो स्थानमा थियो भने ब्राजिल समूह बी को विजेता हो।

क्वार्टरफाइनलको तेस्रो खेल आउँदो आइतबार बिहान माने गर्रिन्चा रंगशालामा हुनेछ। सो खेलमा समूह ए को दोस्रो स्थानबाट क्वार्टरफाइनल पुगेको उरुग्वेले समूह बी को तेस्रो स्थानमा रहँदै अन्तिम ८ मा पुगेको कोलम्बियाको सामना गर्नेछ।

उरुग्वेले समूहमा दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो। यता कोलम्बियाले समूहमा एक जित, एक बराबरी र दुई हार बेहोरेको थियो।

त्यस्तै क्वार्टरफाइनलको अन्तिम खेल आइतबार बिहान हनेछ। त्यो खेलमा अर्जेन्टिनाले स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा इक्वेडरको सामना गर्नेछ। अर्जेन्टिना समूह ए को विजेता हो भने इक्वेडर समूह बी को चौथो स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको हो।

जारी कोपामा अहिलेसम्म ब्राजिल र अर्जेन्टिना मात्र अपराजित छन्। उनीहरू दुवैले समान तीन जित र एक बराबरी खेलेर १० अंक बनाएका छन्।

खेल तालिका:

- पेरु र पाराग्वे, स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशाला, (शनिबार बिहान पौने ३ बजे)

- ब्राजिल र चिली, ओलम्पिक रंगशाला (शनिबार बिहान पौने ६ बजे)

- उरुग्वे र कोलम्बिया, गर्रिन्चा रंगशाला (आइतबार विहान पौने ४ बजे)

- अर्जेन्टिना र इक्वेडर, स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा (आइतबार बिहान पौने ७ बजे)

प्रकाशित: Jun 29, 2021| 05:46 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।