बिहीबार, असार २५, २०८३

युरोकप : क्वार्टरफाइनलका लागि भिड्दै यी चार टिम 

युरोपका विभिन्न ११ सहरमा सञ्चालन भइरहेको युरोकप २०२० अन्तर्गत आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- युरोपका विभिन्न ११ सहरमा सञ्चालन भइरहेको युरोकप २०२० अन्तर्गत आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

आजका दुई खेल इंग्ल्यान्डको लन्डन सहरस्थित वेम्बली रंगशालामा र डेनमार्कको कोपनहेगनस्थित हाम्पडेन पार्क रंगशालामा हुनेछन्।

लन्डनको वेम्बली रंगशालमा राति ९:४५ बजे सुरु हुने खेलमा घरेलु टिम इंग्ल्यान्डले जर्मनीलाई आतिथ्यता प्रदान गर्नेछ।

युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्ड र जर्मनीको यो तेस्रो भेटसमेत हो। पहिलो दुई भेटमा दुवै टिमले एक–एक पटक जित निकालेका छन्।

यता कोपनगेगनको हाम्पडेन पार्क रंगशालामा राति पौने एक बजे सुरु हुने खेलमा भने स्विडेनले युक्रेनको सामना गर्नेछ। यी दुई टिमको यो पाँचौ भेट हो। यसअघिका चार खेलमा स्विडेनले एक जित निकालेको छ भने एक खेल बराबरी भएको छ।

यी दुई टिमबीचको विगतका खेलमा युक्रेनले स्विडेनविरुद्ध दुई जित निकालेको छ। युक्रेन र स्विडेनबीच पछिल्लो पटक २०१२ को युरो कप समूह चरणमा भेट गरेका थिए। जहाँ युक्रेनले २–१ गोलको पुनरागमन जित निकालेको थियो।

२००४ यता पहिलो पटक युरोको नकआउट पुगेको स्विडेन समग्रमा यो संस्करणमा तेस्रो पटक नकआउट पुगेको हो। जहाँ युक्रनेको ठूला प्रतियोगिताको दोस्रो पटक नकआउटमा पुगेको हो।

युरोमा पहिलो पटक नकआउटमा पुगेको युक्रेन २००६ को विश्वकपमा पनि अन्तिम १६ सम्म पुगेको थियो।

प्रकाशित: Jun 29, 2021| 03:32 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।