बिहीबार, असार २५, २०८३

कोपा अमेरिका : उरुग्वे र अर्जेन्टिनाको जित

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र अर्जेन्टिनाले जित निकालेका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र अर्जेन्टिनाले जित निकालेका छन्।

मंगलबार बिहानका दुवै खेल पौने ५ बजे सुरु भएका थिए। ब्राजिलको ओलम्पिक रंगशालामा सम्पन्न खेलमा समूह ’ए’ को उरुग्वेले पाराग्वेलाई १–० गोलले हराएको छ।

यो जितसँगै ७ अंक बनाएको उरुग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ। पाराग्वे ६ अंकका साथ तेस्रो स्थानमा छ। यससँगै उरुग्वे र  पाराग्वे दुवै टिमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

आजको खेलमा उरुग्वेका लागि खेलको २१ औं मिनेटमा एडिसन काभानीले गोल गरेका थिए। उनले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरे। त्यो गोल नै खेलको निर्णायक बनेको थियो।

त्यस्तै, ब्राजिलको एरिना पन्टनलमा सोही समय सुरु भएको अर्को खेलमा बोलिभियाविरुद्ध अर्जेन्टिनाले ४–१ गोलको जित हासिल गरेको छ। यो जितसँगै समूह ’ए’ को शीर्षस्थानमा रहेको अर्जेन्टिना अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेको छ भने बोलिभिया कोपा अमेरिकाबाट बाहिरिसकेको छ।

अर्जेन्टिनाको जितका लागि लियोनेल मेस्सीले दुई गोल गरे भने अलेजेन्द्रो डारियो गोमेज र लाउतालो मार्टिनेजले समान १–१ गोल गरे। प्रतिस्पर्धी बोलिभियाका एर्विन सावेद्रोले एक गोल फर्काएका थिए।

यी दुई खेलसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका छन्। आज बिहानको खेलमा उरुग्वे र पाराग्वेले खेलेसँगै समूह चरणका खेल सकिएका हुन्।

प्रकाशित: Jun 29, 2021| 02:18 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।