बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कपको क्वार्टरफाइनलमा

फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कपको क्वार्टरफाइनलमा

खेलको निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि अतिरिक्त समयतार्फ लम्बिएको फ्रान्स र स्विट्जरल्यान्डको फुटबल पेनाल्टी सुटआउटसम्म पुगेको थियो।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- खेलको निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि अतिरिक्त समयतार्फ लम्बिएको फ्रान्स र स्विट्जरल्यान्डको फुटबल पेनाल्टी सुटआउटसम्म पुगेको थियो।

अतिरिक्त समयमा पनि ३–३ गोलको बराबरी भएको खेलमा पनाल्टीबाट ५–४ गोलअन्तरको जित निकाल्दै स्विट्जरल्यान्ड युरो कपको अन्तिम ८ मा प्रवेश गरेको छ।

रसिया विश्वकप २०१८ मा सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएको केलियन एम्बाप्पेले पेल्नाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भएको हो।

यता उपाधि दावेदारको रुपमा हेरिएको साविक उपविजेता फ्रान्स भने अन्तिम १६ बाटै पाखा लागेको छ। 

बराबरीपछि रेफ्रीले दिएको १० पेनाल्टी अवसरमध्ये एम्बाप्पेबाहेक सबै खेलाडीले स्कोर गर्न सफल भएका थिए।

त्यसपहिले एक गोलले पछि परेको अवस्थामा केरिम बेञ्जिमाले ५७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसको दुई मिनेटपछि उनले नै अर्को गोल  थपे। यससँगै २–१ अग्रता बनाएको फ्रान्सका पाउल पोग्वाले ७५औं मिनेटमा गोल गरेपछि भने फ्रान्स ३–१ गोलले अघि रह्यो।

तर, १५औं मिनेटमा गोल गरेका स्विट्जरल्यान्डका हरिस सेफेरोविचले ८१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यस्तै, मारियो गाव्रानोविचले अन्तिम मिनेटमा गोल गरेपछि निर्धारित ९० मिनेटमा खेल ३–३ गोलको बराबरी भएको थियो।

त्यसपछि थपिएएको ३० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ एम्बाप्पेले पेनाल्टी सुटमा गोल गर्न नसकेपछि खेल स्विट्जरल्यान्डले जितेको थियो।

समूह एफको विजेता बनेको फ्रान्सले त्यहाँ जर्मनी विरुद्ध जित निकालेको थियो भने हंगेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो। बलिया देशको समूह मानिएको सो ग्रुपमा तेस्रो भएर अन्तिम १६ को यात्रा तय गरेको पोर्चुगल पनि सोमबार राति बेल्जियमसँग हार बेहोरेपछि घर फर्किएको छ। समूह एफमा दोस्रो हुँदैअन्तिम १६ को यात्रा गरेको जर्मनीले भने खेल्न बाँकी छ।

प्रकाशित: Jun 29, 2021| 00:36 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।