काठमाडौं– युरोकप २०२० को राउन्ड अफ १६ को स्पेन र क्रोएसियाबीच जारी खेल अतिरिक्त समयमा लम्बिएको छ। डेनमार्कको कोपनहागनमा भइरहेकाे खेलमा स्पेन ३–१ को स्थितिमा थियो। तर अन्तिम समयमा २ गोल खाएपछि क्रोएसियाले खेल ३–३ को बराबरीमा पुर्याएको हो। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।
स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिए पनि क्रोएसियाले अन्त्यतिर दुई गोल गरकाे हाे। पहिलो हाफ १–१ को बराबरीमा रहेको थियो। स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो।
खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्यासित रुपमा अग्रता लियो। स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडि झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो। युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो। तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भएको थियो।