बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : बलिउडको नक्कल नगर्नुस्, आफ्नै कन्टेन्टमा फिल्म बनाउनुस्

पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : बलिउडको नक्कल नगर्नुस्, आफ्नै कन्टेन्टमा फिल्म बनाउनुस्

‘जो मान्छे हारसँग डराउँछ, उसले कहिल्यै जित्दैन, यो मेरो अनुभव हो,’ उनले भने।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

National life
Laxmi sunrise bank
kumari

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशका फिल्मकर्मीलाई बलिउड फिल्मको नक्कल नगर्न आग्रह गरेका छन्। बलिउडको नक्कल गर्नुभन्दा आफ्नै मौलिक 'कन्टेन्ट'माथि काम गर्न प्रधानमन्त्री खानले फिल्मकर्मीहरूलाई सुझाव दिएका हुन्। 

इस्लामावादमा आयोजिक सर्ट फिल्म फेस्टिभलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। ‘पाकिस्तानको फिल्म इन्डस्ट्री बलिउडबाट प्रभावित हुँदा एउटा यस्तो संस्कृति बन्यो जसले अर्को राष्ट्रको संस्कृति नक्कल गर्न र पछ्याउने प्रथालाई नै निरन्तरा दियो,’ मन्तव्यका क्रममा उनले भने, ‘मेरो अनुभव अनुसार यो दुनियामा ‌ओरिजिनालीटी मात्रै बिक्छ। नक्कलको कुनै मूल्य हुँदैन। त्यसैले अरुको नक्कल गर्नुभन्दा आफ्नो कन्टेन्टमा फिल्म बनाउनुहोस्।’

इमरानले नयाँ फिल्मकर्मीलाई नयाँ र मौलिक कन्टेन्ट निर्माणमा काम गर्दैगर्दा मनमा असफल भइएला कि भन्ने डर नराख्नसमेत आग्रह गरे। ‘जो मान्छे हारसँग डराउँछ, उसले कहिल्यै जित्दैन, यो मेरो अनुभव हो,’ उनले भने।

प्रकाशित: Jun 28, 2021| 11:46 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।