सोमबार, चैत ९, २०८२

लोकसेवा आयोगले रोकिएका परीक्षा सञ्चालन गर्ने

लोकसेवा आयोगले पदाधिकारी नियुक्त भएसँगै रोकिएका सम्पूर्ण परीक्षा तत्काल सञ्चालन गर्ने गरी तयारी थालेको जनाएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- लोकसेवा आयोगले पदाधिकारी नियुक्त भएसँगै रोकिएका सम्पूर्ण परीक्षा तत्काल सञ्चालन गर्ने गरी तयारी थालेको जनाएको छ। परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशन र बढुवा काम आयोगको पहिलो प्राथमिकतामा रहेको आयोगले जनाएको हो।

National life

आयोगले साउन पहिलो साताबाट अन्तर्वार्ता तथा साउन १५ गतेबाट सबै तहका परीक्षा सञ्चालन गर्ने गरी कार्ययोजना तयार पारिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए। उनले भने, ‘दशैंअगाडि आयोगका रोकिएका परीक्षा सञ्चालन गरी सक्नेगरी तयारी थालेका छौं।’

कोरोना महामारीका कारण रोकिएको परीक्षा पदाधिकारी नियुक्ति नहुँदा आयोगले प्रक्रिया अगाडि बढाउन सकेको थिएन। कोभिड १९ को महामारी सुरु भएयता ४ हजार ७५४ सिटका लागि विज्ञापन आह्वान गरेकोमा चार लाख ५१ हजार ५२५ जनाले दरखास्त दिएका थिए। यसबीचमा केही पदको परीक्षा सञ्चालन भएका छैन भने परीक्षा सञ्चालन भएका पदको पनि नतिजा प्रकाशन भएको छैन।

गत वैशाखमा तय गरेर कोभिड १९ को दोस्रो लहरका कारण स्थगित गरिएको खरिदारको दोस्रो चरणको परीक्षा १५ साउनपछि सञ्चालन गर्ने आयोगले जनाएको छ। आयोगले २०७७ मा विज्ञापन खुलाएका सबै तहको परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपानाएरै भए पनि दशैं अघि सञ्चालन गरिसक्ने जनाएको छ।

आयोगले ०७६ मा विज्ञापन गरिएको स्वास्थ्य सेवा नवौँ, नायब सुब्बा र प्राविधिक अधिकृत तहको परीक्षाको नतिजा साउन पहिलो साता प्रकाशन गर्ने तयारी गरेको छ।

Laxmi sunrise bank
kumari

आयोगले नयाँ विज्ञापन भने तत्काल नखुलाउने भएको छ। स्थगित परीक्षा सञ्चालन गरेसँगै दशैपछि मात्र नयाँ रिक्त पदमा दरखास्त आह्वान गरिने प्रवक्ता सुवेदीले बताए। उनले भने, ‘निजामतीतर्फ राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका तर्फ चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असई र जवान (प्राविधिक), सशस्त्र प्रहरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन दशैंपछि मात्र खुल्छ।’

यस्तै आयोगले नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बीमा समिति, दुग्ध विकास संस्थान, नेपालआयल निगम तथा नेपाल धितो पत्र बोर्डको पनि नतिजा प्रकाशन चाडै गर्ने जनाएको छ।

प्रकाशित: Jun 28, 2021| 08:58 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्