बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बेल्जियमका हाजार्ड र डिब्रुन चोटग्रस्त, क्वार्टरफाइनल खेल्नेबारे यसो भन्छन् प्रशिक्षक

बेल्जियमका हाजार्ड र डिब्रुन चोटग्रस्त, क्वार्टरफाइनल खेल्नेबारे यसो भन्छन् प्रशिक्षक

सोमबार रातिको खेलमा जित निकालेसँगै बेल्जियमका कप्तान एवम् विंगर इडेन हाजार्डलाई चोट लागेको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सोमबार रातिको खेलमा जित निकालेसँगै बेल्जियमका कप्तान एवम् विंगर इडेन हाजार्डलाई चोट लागेको छ।

National life

स्पेनको सेभियामा सोमबार प्रि–क्वार्टरफाइनल पोर्चुगलविरुद्ध १–० गोलको जित निकाल्ने क्रममा हाजार्डलाई चोट लागेको हो।

तीन वर्षअघि रियलमा पुगेका हाजार्डले चोटका कारण अहिलेसम्म ५९ खेल गुमाइसकेका छन्। अहिले युरोकप चलिरहेको समयमा बेल्जियमका उत्कृष्ट स्ट्राइरलाई चोट लागेको हो।

उनले आफ्नो चोटबारे चिन्तित रहेको पनि बताएका छन्। चोटका कारण खेलमा संघर्ष गरिरहेका रियलका विंगर हाजार्डले ८५ मिनेटपछि मैदान छोडेका थिए।

हाजार्डले पछिल्लो खेलमा एक वर्षभन्दा धेरै समयमा पहिलो पटक ९० मिनेट खेलेका थिए। यता अहिले उनी खेलबाट बाहिर रहे पनि राष्ट्रिय टिमका खेलाडीलाई सहयोग गर्नका लागि टिममै रहने बताएका छन्।

Laxmi sunrise bank
kumari

‘मैले आफैंलाई दुःख दिएँ। मैले ह्यास्ट्रिङमा चोट लागेको महसुस गरेका छु,’ हाजार्डले भनेका छन्, ‘हामी चोटबारे हेर्नेछौं र त्यसको प्रभाव विचार गर्नेछौं। कप्तानका हिसाबले म टिमसँगै रहनेछु र मैले त्यहाँ महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने छ।’

अब उनको चोट क्वार्टरफाइनलसम्म विचार गरिने छ। त्यसमा उनी फिट नभए यान्निक कोसास्कोले सुरुआतमा अवसर पाउनेछन्।

अहिले बेल्जियममा हाजार्डसहित केभिन डिब्रुन र टिमोथी कोस्टाग्नी पनि चोटग्रस्त छन्। डिब्रुनलाई पनि पोर्चुगलविरुद्धको खेलमा चोट लागेको थियो। उनलाई पोर्चुगलका जोहा पाल्हिन्हाले खराब ट्याकल गरेपछि उनी धेरै समयमा मैदानमा टिक्न सकेनन्। यसकारण उनी खेलको ४८ औं मिनेटमै प्रतिस्थापन भएका थिए।

‘अब दुवै खेलाडीको अवस्थाबारे बुझ्न स्क्यानको सहयोगामा ४८ घण्टा लाग्छ,’ प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, ‘हामी अब बेल्जियम फर्किन्छौं। त्यहाँ उनको उपचार हुनेछ। अहिले नै चोटबारे बोल्नु ठीक नहोला।’

कोस्टानी रसियाविरुद्धको खेलमा घाइते भएका थिए।

प्रकाशित: Jun 28, 2021| 08:05 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।