बिहीबार, असार २५, २०८३

कोपा अमेरिका : समूह चरणका खेल सकिँदै

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान दुई खेल हुँदैछन्। यी खेल सम्पन्न भएसँगै कोपा अमेरिकाको समूह चरणका सम्पूर्ण खेल सकिने छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान दुई खेल हुँदैछन्। यी खेल सम्पन्न भएसँगै कोपा अमेरिकाको समूह चरणका सम्पूर्ण खेल सकिने छन्।

मंगलबार बिहानका दुवै खेल पौने ६ बजे सुरु हुनेछन्। ब्राजिलको ओलम्पिक रंशगशालामा हुने खेलमा समूह 'ए' को उरुग्वेले पराग्वेको सामना गर्नेछ।

अहिले पराग्वे समूहको दोस्रो स्थानमा छ भने उरुग्वे चौथो स्थानमा छ। यसकारण पराग्वेले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

यता चौथो स्थानमा रहेको उरुग्वे पनि क्वार्टरफाइनलमा पुगिसकेको छ। यसकारण आजको प्रतिस्पर्धा भने समूहको माथिल्लो स्थानमा पुग्नका लागि हुनेछ। त्यस्तै, समूह 'ए' को चौथो स्थानमा रहने टिमले क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्नु पर्नेछ।

उपाधि दावेदारको रुपमा हेरिएको ब्राजिलसँग सामना गर्नु निकै चुनौति भएकाले उरुग्वे तालिकाको दोस्रो स्थानतर्फ उक्लिन चहान्छ।

त्यस्तै, ब्राजिलको एरिना पन्टनलमा हुने खेलमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिना समूह 'ए' को शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ भने बोलिभिया कोपा अमेरिकाबाट बाहिरिसकेको छ।

तर, आजको खेलमा अर्जेन्टिनाले हार बेहोरे वा बराबरीमा रोकिए साथै पराग्वेले जित निकाले अर्जेन्टिनाले समूहको शीर्षस्थान गुमाउनेछ।

त्यसैले अर्जेन्टिना जित निकाल्ने दाउमा हुनेछ भने बोलिभिया पनि प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ। कोपामा सम्मिलित १० टिममध्ये अंकविहिन टिम पनि बोलिभिया नै हो। त्यसैले उसले आजको खेलमा अंक गुमाउन चाहदैन्।

कोपाको क्वार्टरफाइनलको समिकरणमा समूह 'ए' को विजेताले इक्वेडरको सामना गर्नेछ। त्यस्तै, पेरुले समूह 'ए' को तेस्रो स्थानमा पर्ने टिमको सामना गर्नेछ भने समूह 'बी' को तेस्रो स्थानमा रहेको कोलम्बियाले समूह 'ए' को दोस्रो स्थानमा रहेको टिमको सामना गर्नेछ।

जहाँ समूह 'बी' का टिमको स्थान टुंगो लागिसकेको छ भने समूह 'ए' को टुंगो आज लाग्नेछ।

प्रकाशित: Jun 28, 2021| 06:44 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।