बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकपमा आज: क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

युरोकपमा आज: क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

युरोकपअन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- युरोकपअन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्। अन्तिम १६ अन्तर्गतका आज हुने दुई खेल डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशाला र रोमानियाको बुखारेस्थित नेसनल एरिनामा हुनेछन्।

पार्केन रंशगालामा राति पौने १० बजे सुरु हुने खेलमा क्वार्टरफाइनल प्रवेशका लागि क्रोएसिया र स्पेन भिड्नेछन्। त्यस्तै बुखारेस्टको नेसनल एरिनामा राति १२ः४५ मा हुने खेलमा फ्रान्स र स्विट्जरल्यान्ड भिड्नेछन्।

जारी युरोकपको समूह एफमा विजेता बन्दै फ्रान्सले अन्तिम १६ को यात्रा तय गरेको थियो। उसले समूहमा एक जित दुई बराबरीसहित पाँच अंक जोडेको थियो।

समूह ए बाट भाग्यमानी तेस्रो टिमका रुपमा प्रिक्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डले एक जित, एक बराबरी र एक हार बेहोरेको थियो।

दिनको पहिलो खेलमा क्रोएसियासँग भिड्न लागेको स्पेन समूह ई को उपविजेता हो। उसले स्लोभाकियालाई ठूलो गोलअन्तरले हराएको थियो भने स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो।

यता समूह डी मा दोस्रो भएर समूह चरण पार गरेको क्रोएसियाले एक हार, एक बराबरी र एक जित निकालेको थियो।

आज रातिको खेलमा जित निकाल्ने दुई टिमले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Jun 28, 2021| 05:57 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।