सोमबार, चैत ९, २०८२

कोभिड-१९ ले इभेन्ट कार्यक्रम प्रभावित, छात्रवृत्ति पाएका साढे ६ हजार विद्यार्थी तालिम लिनबाट वञ्चित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण  प्रभावित हुन पुगेको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण  प्रभावित हुन पुगेको छ।

National life

प्राविधिक विषय अध्ययन गर्ने ६ हजार ५०० विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको यस कार्यक्रम यस वर्ष सञ्चालन गर्न नसकिएको परियोजना निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए। 

उनले भने, ‘टीएसएलसीका पाँच हजार पाँच सय र डिप्लोमा तहका एक हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको भए पनि कोभिड–१९ र त्यसपछिको दोस्रो लहरले सबैभन्दा बढी भौचरमा आधारित तालिमलाई प्रभावित तुल्याएको छ।’

इभेन्टले गत वर्ष ढिला गरी तालिम सञ्चालन गरेको थियो भने यस वर्ष तालिम सुरु नै हुन पाएको छैन। युवालाई प्रदान गरिने यो तालिममा छनोट भइसकेपछि तीन महिनासम्म तालिम लिनुपर्ने र त्यसपछि ६ महिना रोजगारी प्राप्त गर्नुपर्ने हुन्छ।

यस तालिमका सञ्चालकले चित्तबुझ्दो तालिम नदिएको पाइएमा दोहोर्‍याएर तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। दोस्रो चरणको तालिमअन्तर्गत पहिलो र दोस्रो वर्षमा रोजगारी दर ७५ प्रतिशत रहेको इभेन्टले जनाएको छ। कोरोना संक्रमणका कारण गत वर्षको रोजगारी दर भने मूल्यांकन भएको छैन।

Laxmi sunrise bank
kumari

यस  कार्यक्रममा टीएसएलसीकालाई जनही ५० हजार रूपैयाँ र डिप्लोमाकालाई जनही एक लाख ५० हजार रूपैयाँ छात्रवृत्तिबापत् उपलब्ध गराउने व्यवस्था छ।

छात्रवृत्ति रकम सीधै विद्यार्थीको बैंक खातामा जम्मा गर्ने गरिएको छ। टीएसएलसीमा दुई किस्ता र डिप्लोमामा तीन किस्तामा गरी रकम उपलब्ध गराइन्छ। छात्रवृत्ति छनोटमा परेका विद्यार्थीहरूले राष्ट्रिय वाणिज्य बैँकमा खाता खोल्नुपर्ने हुन्छ।

इभेन्टले ६० वटा विद्यालयलाई डेढ करोड रूपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। विभिन्न १८ वटा सूचक तयार गरिएको र सोका आधारमा रकम उपलब्ध गराइएको इभेन्टले जनाएको छ।

प्रकाशित: Jun 28, 2021| 04:20 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्