आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महिला अधिकारकर्मीले हेन्डसम र धनी दुलहाका लागि विज्ञापन गरेपछि ...

महिला अधिकारकर्मीले हेन्डसम र धनी दुलहाका लागि विज्ञापन गरेपछि ...

महिला अधिकारकर्मीले सामान्यतयाः विज्ञापन गरेर जीवनसाथी खोज्दैनन्। किनभने त्यस्तो विज्ञापनमा छालाको रंग, उचाइ, शैक्षिक स्तर, जातियता, पारिवारिक समृद्धि आदि उल्लेख गरिन्छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– महिला अधिकारकर्मीले सामान्यतयाः विज्ञापन गरेर जीवनसाथी खोज्दैनन्। किनभने त्यस्तो विज्ञापनमा छालाको रंग, उचाइ, शैक्षिक स्तर, जातियता, पारिवारिक समृद्धि आदि उल्लेख गरिन्छ।

National life

पछिल्लो साता भने भारतकी एक महिला अधिकारकर्मीले बिहेका लागि अखबारमा बिहेको विज्ञापन गरिन्। ३० वर्ष नाघेकी, शिक्षित, छोटो कपाल भएकी र शरीरका विभिन्न भाग छेडिएकी नारीवादी युवतीले २५ देखि २८ वर्षको धनी दुलहाका लागि विज्ञापन गरेपछि त्यो विज्ञापन भाइरल भएको छ। विज्ञापनका अनुसार ती नारीवादीलाई बिहे गर्नका लागि हेन्डसम र धनी युवक चाहिएको छ, जो नपादोस् र नडकारोस् पनि। 

कलाकार, महिला अधिकारवादी तथा आम प्रयोगकर्ताले पनि सामाजिक सञ्जालमा सेयर गरेपछि विज्ञापन भाइरल भएको छ। कतिपयले विज्ञापनको वास्तविकताबारे पनि प्रश्न गरेका छन्। पछि थाहा भयो, यो विज्ञापन एक भाइ, बहिनी र उसकी बेस्ट फ्रेन्डबीच भएको प्रांक रहेछ। 

विज्ञापनमा उल्लेख गरिएको इमेलको माध्यमबाट बीबीसीले विज्ञापनकर्ता पत्ता लगाएको छ। विज्ञापनदाता वैचारिक नारीवादी साक्षी हुन्। उनका भाइ र साथीले विज्ञापन प्रकाशित गराएका थिए। सोसल मिडियामा ट्रोल बन्ने डरले उनले आफ्नो नाम उल्लेख गरेकी थिइनन्।

‘हाम्रो पनि आफ्नो पेशा छ, राम्रो करिअर छ र हामी पनि राम्रो जीवनको कल्पना गर्छौं। हामी चाहँदैनौं कि सोसल मिडिया हाम्रो पछि लागोस्।’ साक्षीको ३० औं जन्मदिनमा यो विज्ञापन छापिएको थियो। उक्त विज्ञापन उत्तर भारतका दजैनौं सहरका पत्रिकामा छापिएको छ। विज्ञापनका लागि १३ हजार रुपैयाँ खर्च गरेको साक्षीका भाइ श्रीजनले बताएका छन्। 

विज्ञापन प्रकाशित भएपछि आफ्नो योग्यताको दाबी गर्दै दर्जनौं युवकले इमेल गरेका छन्। कतिपयले भने नकारात्मक कमेन्ट गर्दै सोसल मिडियामा विज्ञापनकर्तालाई गाली गरेका छन्। 

–बीबीसी

प्रकाशित: Jun 28, 2021| 02:58 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।