बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कश्मिरमा हतियारधारीले अन्धाधुन्द गोली चलाउँदा प्रहरीसहित दुई जनाको मृत्यु

कश्मिरमा हतियारधारीले अन्धाधुन्द गोली चलाउँदा प्रहरीसहित दुई जनाको मृत्यु

कश्मिरको पुलवामा जिल्लामा चरमपन्थी हमलामा दुई जनाको ज्यान गएको छ। हमलामा एक जना घाइते भएका छन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

कश्मिरको पुलवामा जिल्लामा चरमपन्थी हमलामा दुई जनाको ज्यान गएको छ। हमलामा एक जना घाइते भएका छन्।

National life

जम्मु कश्मिर प्रहरीका एसपिओ फैयाज अहमदको घरमा हतियारधारीले अन्धाधुन्द फायर गरेका थिए। आक्रमणमा परी ४१ वर्षीय अहमद र उनकी श्रीमती बेगमको मृत्यु भएको छ भने छोरी राफिया गम्भीर घाइते भएकी छन्। 

आइतबार राति करिब ११ बजेतिर अहमदको घरमा हतियारधारीले आक्रमण गरेका थिए। घरमा छिर्नेबित्तिकै उनीहरूले परीवारका सदस्यहरूमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए।

फैयाजको घटनास्थलमै मृत्यु भएको थियो। उनकी पत्नीको अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ। 

गम्भीर घाइते भएकी राफियाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। कश्मिर प्रहरीले इलाकालाई घेराबन्दी गरी आतंककारीको खोजी गरिरहेको जनाएको छ। कश्मिर पुलिसले ट्विट गर्दै घटना बारे जानकारी दिएको छ। बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 28, 2021| 02:46 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।