बुधबार, फागुन २७, २०८२

दिल्लीमा आजदेखि जिम, योग केन्द्र र बैंक्वेट खुला

भारतको राजधानी नयाँ दिल्लीमा आजबाट निषेध आदेशलाई थप खुकुलो पारिएको छ। दिल्लीमा आधा क्षमताका साथ जिम, योग केन्द्र खोलिएको छ। यस्तै आजबाट बैंकेट खुला गरिएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

भारतको राजधानी नयाँ दिल्लीमा आजबाट निषेध आदेशलाई थप खुकुलो पारिएको छ। दिल्लीमा आधा क्षमताका साथ जिम, योग केन्द्र खोलिएको छ। यस्तै आजबाट बैंकेट खुला गरिएको छ।

National life

दिल्ली आपत प्रवन्ध प्राधिकरणका (डीडीएमए) को आदेश अनुसार बैंक्वेट हल, होटल र कोर्टलगायत स्थानमा बढीमा ५० मानिसको उपस्थितिमा सञ्चालन गर्न अनुमती दिइएको छ। यस्तै जिम, फिटनेस सेन्टर, योग केन्द्र र योग इन्स्टिच्युसनमा पनि क्षमताको प्रतिशत मानिसलाई मात्र उपस्थित गराउन निर्देशन दिइएको छ। सबैलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

सबै कुराको अनुगमन गर्न प्रहरीको विषेश टोली गठन गरिएको र त्यसैले अनुगमन गर्ने बताइएको छ। कसैले कोरोना मापदण्ड उल्लंघन गरेको पाइएमा कडा कारबाही गरिने डीडीएमएले जनाएको छ।

दिल्लीमा ठूलो मार्केट पनि हप्तामा एक दिन एक स्थानमा खोल्न मिल्ने गरि व्यवस्था मिलाइएको छ। फुटपाथ व्यापारलाई पनि सडक किनारामा नभएर कुनै स्कुल, कलेज वा खुला स्थानमा हप्तामा एक दिन सञ्चालन गर्न निर्देशन दिइएको छ।

सिनेमा घर, मनोरञ्जन पार्क, एम्युजमेन्ट पार्क, स्विमिङ् पुललगायत क्षेत्र भने खोल्ने अनुमती दिइएको छैन। राजनीतिक, धार्मिक र सामाजिक र्‍याली तथा सामूहिक कार्यक्रममा बन्देज लगाइएको छ।

Laxmi sunrise bank
kumari

दिल्ली मेट्रो, डिटीसीको बस, ट्याक्सी र अटोलगायत अन्य सार्वजनिक स्थलमा ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन गर्न अनुमती दिइएको छ। सरकारी कार्यालय पनि ५० प्रतिशत क्षमताका साथ सञ्चालन गर्न अनुमती प्रदान गरिएको छ।

प्रकाशित: Jun 28, 2021| 02:26 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।