बुधबार, असोज १४, २०८३

नागरिकले भेरोसेलको दोस्रो मात्रा असार २२ देखि पाउने

सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेबाट लगाउने सुरु गरिने जनाएको छ।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेबाट लगाउने सुरु गरिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज असार २२ गतेबाट लगाउन सूचना जारी गर्दै आग्रह गरेको छ। 

'कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जेठ २५ गतेदेखि सञ्चालनमा आएको खोप अभियानअन्तर्गत भेरोसेल खोपको पहिलो मात्रा लगाउनु हुनेले दोस्रो मात्राको खोप असार २२ गतेबाट लगाउन हुन अनुरोध छ,' मन्त्रालयले भनेको छ। खोपकार्डसहित नजिकको खोप केन्द्रमा गएर दोस्रो मात्रा खोप लगाउन सकिने छ।

प्रकाशित: Jun 28, 2021| 01:42 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्