बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेल हारेपछि डी लिग्टले भने- मेरै कारणले हारियो, यसको गल्ती म स्वीकार्छु

खेल हारेपछि डी लिग्टले भने- मेरै कारणले हारियो, यसको गल्ती म स्वीकार्छु

युरोकपमा आइतबार राति भएको खेलमा नेदरल्याण्ड्स चेक रिपब्लिकसँग पराजित भयो।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– युरोकपमा आइतबार राति भएको खेलमा नेदरल्याण्ड्स चेक रिपब्लिकसँग पराजित भयो। हंगेरीको पुस्कास एरेना स्टेडियममा भएको खेलमा चेक रिपब्लिकले २–० ले नेदरल्याण्ड्सलाई पराजित गर्न सफल भयो। 

नेदरल्याण्ड्सलाई युरोकप उपाधि दाबेदारका रुपमा हेरिएको थियो। तर, आइतबारको खेलमा भने ऊ चेक रिपब्लिकसँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

खेल हार्नुमा आफ्नो गल्ती भएको नेदरल्याड्सका डी लिग्टले प्रतिक्रिया दिएका छन्। उनी इटालियन क्लब युभेन्टस्का डिफेन्डर पन हुन्। 

‘खेल हार्नुको कारण मैले गरेको गल्ती नै हो। पक्कै पनि एकदमै नराम्रो महसुस भएको छ,’ उनले भने, ‘मैले त्यो बललाई बाउन्स हुन नदिनुपर्ने थियो जस्तो लाग्छ।’

खेलको ५५औं मिनेटमा टोलीका मुख्य डिफेन्डर लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर०को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए।

उनले रातो कार्डले नै खेल बदलिएको पनि स्वीकार गरे। ‘मलाई लाग्छ खेल हाम्रो नियन्त्रणमा नै थियो। हामीले पहिलो हाफमा केही अवसर पनि सिर्जना गरेका थियौं। म मैदानमा लडेँ र हातले बल तान्न पुगेँ। त्यसपछि पाएको रेड कार्डले खेलको रुप नै बदलियो,’ उनले थपे।

उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि शिकलाई रोक्ने क्रममा हातले बल रोकेका थिए। डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो।

उनले यस हारलाई आफूले जिम्मेवारी लिने बताएका छन्। 

प्रकाशित: Jun 28, 2021| 01:15 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।