बिहीबार, असार २५, २०८३

कोपा अमेरिका : बराबरीमा रोकिए इक्वेडर र ब्राजिल

जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन्। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडरले १\१  गोलको बराबरी खेलेका हुन्।
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं– जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन्। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडरले १\१  गोलको बराबरी खेलेका हुन्।

बरावरी खेलेसँगै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो। 

खेलको ३७औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको इक्वेडर दोस्रो हाफको सुरुमै खेलमा लयमा फर्कियो।  

५३औं मिनेटमा इक्वेडरका लागि एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। बराबरीपछि ब्राजिल समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

ब्राजिलको ४ खेलमा १० अंक छ। समान चार खेलमा ३ अंक जोड्दै इक्वेडर चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: Jun 28, 2021| 01:06 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।