बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक रिपब्लिक क्वार्टरफाइनलमा

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक रिपब्लिक क्वार्टरफाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं– नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको डच टोलीलाई २–० ले पराजित गर्दै चेक रिपब्लिक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो।

पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लिग्ट दोस्रो हाफको सुरुमै रेड कार्ड पाएर बाहिरिएका थिए। टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रेड कार्ड दिएका थिए। उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि सिकलाई बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए।

गाेल गरेपछि खुसी हुँदै चेक रिपब्लिकका समर्थक।

१० खेलाडीमा समेटिएको डच टोलीलाई चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भएको थियो। ६८ औं मिनेटमा चेकले टोमस होलेसको गोलमा अग्रता लिएको थियो। ८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारेका थिए। चेकले अब क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। 

प्रकाशित: Jun 27, 2021| 18:00 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।