बिहीबार, असार २५, २०८३

२१ वर्षपछि लगातार चार जितको पर्खाइमा नेदरल्यान्ड्स

नेदरल्यान्ड्सले युरोकप जितेको १२ वर्षपछि, सन् २००० मा लागातार चार जित निकालेको थियो। त्यसपछि उसले युरोकपमा लगातार चारपटक जित निकाल्न सकेको छैन।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं– नेदरल्यान्ड्सले युरोकप जितेको १२ वर्षपछि, सन् २००० मा लागातार चार जित निकालेको थियो। त्यसपछि उसले युरोकपमा लगातार चारपटक जित निकाल्न सकेको छैन।

सन् २००४ मा ऊ सेमिफाइनलसम्म पुगे पनि जितको लय कायम राख्न सकेको थिएन। तर जारी युरोकपमा समूह सीमा लगातार तीन जित निकाल्दै अन्तिम १६ मा पुगेको नेदरल्यान्ड्सलाई आज २१ वर्षपछि जितको लय कायम राख्ने अवसर छ।

त्यसो त युरोकपमा उपाधिका लागि अघि बढ्नुबाहेक लगातार चार जित निकाल्नुले छुट्टै महत्त्व त राख्दैन। तर जारी कपको समूह चरणमा सर्वाधिक गोलकर्ता रहेको नेदल्यान्ड्सको पनि अन्य टिमको जस्तै धेरै जित निकाल्नु एउटा लक्ष्य रहन्छ।

उपाधि जितेको सिजनभन्दा अन्य सिजनमा नेदरल्यान्ड्सले लगातार जित निकाल्न सकेको छैन। त्यसैले आज राति पौने १० बजे हुने खेलमा नेदरल्यान्ड्स चेक गणतन्त्रलाई हराउँदै अन्तिम ८ मा प्रवेश गर्न चाहन्छ।

यद्दपि फिफाको १० औं वरीयतामा रहेको नेदरल्यान्ड्सका लागि २४ औं वरीयतामा रहेको चेक रिपब्लिक सहज प्रतिद्वन्द्वी चाहिँ होइन। विगतका खेलले पनि यस्तै देखाउँछ।

यी दुई टिमले युरो २०१६ को छनोटमा भेट गरेका थिए। जहाँ दुवै खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो। यता युरोकपमा चाहिँ यी दुई टिम तेस्रो पटक भेट हुँदैछन्। पहिलो दुई भेटमा दुवैले १–१ जित निकालेका छन्।

सन् २००४ को युरोमा दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेक गणतन्त्रले नेदरल्यान्ड्सविरुद्ध जित निकालेको थियो। चेक गणन्त्रले पनि युरोकपका नकआउटमा चार खेलमा तीन हार बेहोरेको छ।

यता नेदरल्यान्ड्सले १९८८ यताका ७ नकआउट खेलमा दुई मात्र खेलमा जित निकालेको छ। पछिल्ला यात्राहरु जस्ता रहे पनि आज रातिको खेलमा जित निकाल्दै अन्तिमा आठमा पुग्ने चेक गणतन्त्र र नेदरल्यान्ड दुवैको चाहना हो। जुन दुईमध्ये एक टिमका लागि मात्र उपलब्ध हुनेछ।

समूह डीमा रहेको चेक रिपब्लिक तेस्रो स्थानको उत्कृष्टमा पर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो।
 

प्रकाशित: Jun 27, 2021| 11:27 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।