सोमबार, साउन १८, २०८३

बालबालिकामा यस्तो समस्या देखिनु कोरोनाको सुरुआती लक्षण हुनसक्छ

नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा केही कमी देखिएको छ। यसको अर्थ कोरोना पूर्ण रुपमा सकिएको भन्ने होइन। अझै पनि देशका अधिकांश स्थानमा निषेध आदेश जारी छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा केही कमी देखिएको छ। यसको अर्थ कोरोना पूर्ण रुपमा सकिएको भन्ने होइन। अझै पनि देशका अधिकांश स्थानमा निषेध आदेश जारी छ।

फेरि तेस्रो लहरको जोखिम आउने चेतावनी दिन थालिएको छ। तेस्रो लहर बालबालिकाहरूका लागि जोखिमपूर्ण हुने चेतावनी दिन थालिएको छ। त्यसैले विशेष सावधानी अपनाएर बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन आवश्यक छ।

कोरोना संक्रमण भइहालेमा पनि सुरुआती लक्षण थाहा पाएको अवस्थामा बालबालिकालाई जोगाउन सकिन्छ। १८ वर्ष भन्दा कम उमेरका मानिसका लागि कोरोनाको खोप बनेको छैन। त्यसैले पनि यो उमेर समूह झनै सुरक्षित हुनुपर्ने देखिएको छ।

बालबालिकाको घाँटी घ्यारघ्यार हुन्छ। खोकी र ज्वरो आयो भने कोरोनाको सुरुआती लक्षण हुनसक्छ। यो श्वास नलि सुन्निएको लक्षण हो। यस्तो अवस्थामा बालबालिकाले बाफ लिने र गरारे गर्नुपर्छ।

बच्चाको नाकमा समस्या भए तुरुन्त डाक्टरलाई देखाउनुपर्छ। नाकबाट पानी बग्ने, नाक बन्द हुने, नाकमा एलर्जी हुने र वाश्ना पाउने शक्ति कम हुने जस्ता लक्षण कोरोनाका सुरुआती लक्षण हुनसक्छन्। यस्तो अवस्थामा व्यवास्था गर्नु हुँदैन।

बालबालिकामा थकान महसुस हुने, मांसपेशि दुख्ने जस्ता लक्षणलाई पनि सामान्य रुपमा लिनु हुँदैन। यस्तो अवस्थामा डाक्टरसँग अनिवार्य रुपमा परामर्श लिनुपर्छ।

पेटमा दुखाइ हुने, भोक नलाग्ने, मुखको छाला निस्किने जस्ता लक्षण देखिए पनि बालबालिकालाई चिकित्सककोमा लगिहाल्नुपर्छ।

प्रकाशित: Jun 27, 2021| 03:29 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्