बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकपमा पोर्चुगल र बेल्जियम भिड्दै : नजर लुकाकू र रोनाल्डोमा

युरोकपमा पोर्चुगल र बेल्जियम भिड्दै : नजर लुकाकू र रोनाल्डोमा

क्वार्टरफाइनल प्रवेशका लागि आज डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वको नम्बर वान बेल्जियमले आज स्पेनको सेभियामा प्रतिस्पर्धा गर्दैछन्।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- क्वार्टरफाइनल प्रवेशका लागि आज डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वको नम्बर वान बेल्जियमले स्पेनको सेभियामा प्रतिस्पर्धा गर्दैछन्। राति १२ः४५ बजे।

National life

युरोकपअन्तर्गत अन्तिम १६ को यो खेलमा अधिकांश दर्शकको आँखा बेल्जियमका फरवार्ड रोमेलु लुकाकू र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि पर्नेछ।

उनीहरूले जारी युरोकपमा आठ गोल गरेका छन्, जहाँ रोनाल्डो जारी युरोकपको लिडिङ गोलकर्ता हुन्। साथै उनी विश्वको एक्लो सर्वाधिक गोलकर्ता बन्नबाट एक गोल टाढा छन्।

यता आजको खेलमा योउरी टेलेमन्स मैदान फर्कने आशा गरिएको छ। त्यस्तै पछिल्लो खेलमा बेञ्चमा थन्किएका ब्रुनो फर्नान्डेस पनि खेलमा देखिने सम्भावना छ।

यता आजको खेल जित्नु मात्र बेल्जियमको उद्देश्य हुनेछैन। किनभने विश्व वरीयताको नम्बर एक टिम भएर पनि बेल्जियममा मुख्य प्रतियोगिताको उपाधि जितेको छैन। त्यसैले उसको लक्ष्य उपाधि जित्नु पनि हुनेछ, जसका लागि आजको खेलमा जित निकाल्नु महत्त्वपूर्ण छ।

Laxmi sunrise bank
kumari

साथसाथै नेदरल्यान्ड्स र इटालीजस्तै बेल्जियम पनि समूहमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको टिम हो, जहाँ नेदरल्यान्ड्स र इटालीले तीनै खेल घरेलु मैदानमा खेलेका थिए।

यता बेल्जियमले भने उनीहरूकै मैदानमा रसिया र डेनमार्कलाई हराएको थियो भने सेन्ट पिटर्सबर्गमा फिनल्यान्डलाई हराएको थियो।

यता पोर्चुगलको समूह चरणको प्रधिस्पर्धा भने धेरै पेचिलो रह्यो। उसले फ्रान्स र जर्मनजस्ता बलिया टिमको सामना गर्दै तेस्रो स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्‍यो।

समूह चरणमा पोर्चुगलले जर्मनीसँग ४–२ गोलको हार बेहोरेको थियो भने हंगेरीलाई ३–० ले परास्त गर्दै फ्रान्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

हेड टू हेड

पोर्चुगलले ठूलो प्रतिस्पर्धामा भने बेल्जियमसँग पहिलोपटक खेल्न लागेको हो। तर, विश्वकप र युरोकपबाहेकका प्रयियोगिताको कुरा गर्दा पोर्चुगलले बेल्जियमसँग पछिल्ला पाँच खेल हारेको छैन, जहाँ दुई खेल बराबरीमा रोकिएका छन्। यो नतिजा १९८९ को सेप्टेम्बरमा पोर्चुगलले बेल्जियमसँग ३–० गोलले हारेपछिको नतिजा हो।

यता रोबर्टो मार्टिनेजको अन्डरमा रहेको बेल्जियमले ५८ खेलमध्ये दुई पटक मात्र गोल गर्न सकेको छैन।

यता १३४ मिनेट मात्र मैदानमा खेलेका केभिन डिब्रएनले बेल्जियमको सात गोलमध्ये तीन गोलमा सहभागी बनेका छन्। उनले एक गोल गरेका छन् भने दुई एसिस्ट गरेका छन्।

मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले पछिल्लो युरोकप र विश्वकपमा पछिल्लोपटक नवौँ जित निकालेको छ। 

यता पोर्चुगलले भने समूह चरणमा ६ गोलको सामना गरिसकेको छ, जुन उसको पछिल्लो सिजन उपाधि जित्दा सामना गरेको गोलभन्दा धेरै हो।

फरवार्डका ब्याटलमा को अघि ?

रसिया विश्वकपपछि बेल्जियन फरवार्ड लुकाकूले २१ खेलमा २३ गोलसहित चार एसिस्ट गरेका छन्।

इन्टर मिलानमा फरवार्डले यो सिजनको युरोकप समूह चरणमा तीन गोल गरेका छन्। यता रोनाल्डो विश्वकप र युरोकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बनेका छन्। उनले फ्रान्सविरुद्ध दुई गोल गर्दै विश्वकप र युरोकपमा २१ गोल पुर्‍याएका हुन्।

रोनाल्डोले यो सिजनमा दुई पटक दोहोरो गोल गरिसकेका छन्। ‘यो उमेरमा आएर पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। म उनको सफलताको नजिक पुग्न चाहन्छु,’ २८ वर्षे लुकाकूले रोनाल्डोबारे भनेका छन्।

प्रकाशित: Jun 27, 2021| 03:15 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।