बिहीबार, असार २५, २०८३

संन्यासबारेको प्रश्नमा बेलले छोडे अन्तरवार्ता

वेल्सका कप्तान ग्यारेथ बेललाई खेल जिवनको भविष्यबारे गरिएको प्रश्नमा निरुत्तर देखिएका छन्। पछिल्लो समय लोनमा एक सिजन टोटेनहम हट्स्परमा बिताएका फरवार्ड बेलले यो युरो कपपछि संन्यास लिने शंका गरिएको थियो।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- वेल्सका कप्तान ग्यारेथ बेललाई खेल जिवनको भविष्यबारे गरिएको प्रश्नमा निरुत्तर देखिएका छन्। पछिल्लो समय लोनमा एक सिजन टोटेनहम हट्स्परमा बिताएका फरवार्ड बेलले यो युरो कपपछि संन्यास लिने शंका गरिएको थियो।

यसै सन्दर्भमा शनिबार रातिको खेलपछि गरिएको प्रश्नमा रियल मड्रिडका ३१ वर्षे फरवार्ड बेलले उत्तर दिन चाहेनन्।

शनिबार रातिको खेलमा पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोलको सामना गरेको वेल्स युरो कपबाट बाहिरिएको छ। डेनमार्कसँग ४–० गोलले हारेपछि बेलको कप्तानीमा रहेको वेल्सले युरो यात्रामा पूर्णविराम लगाएको हो।

डेनमार्कसँगको हार उनको अन्तिम खेल थियो त भन्ने प्रश्नपछि उनले पोस्टम्याच अन्तरवार्ता नै अघि बढाउन चाहेनन्। त्यस भन्दा पहिले बेलले भनेका थिए, ‘डेनमार्कसँगको हारका हारण हामी चिन्तित छौं र रिसाएका छौं।’

‘हामीलाई यो हारले दुखी बनाएको छ, अहिले म त्यति भन्न सक्छु,’ उनले भनेका थिए, ‘हामीले अवसरको सदुपयोग गर्न सकेनौं। तर, म खेलाडीको मेहेनेतको करद गर्छु।’

यता वेल्सको टिममा बेलको भविष्यबारे गरिएको प्रश्नमा प्रशिक्षक रोबर्टो पेजले पनि स्पष्ट उत्तर दिएनन्। उनले हारको भावनामा दिएको गरिएको काम र उत्तर कच्चा हुने बताएका छन्।

‘अहिले बेल ड्रेसिङ रुममा अन्य खेलाडीजस्तै चिन्ति मुद्रामा छन्,’ पेजले भने, ‘उनले आफ्नो भविष्यबारे किन बोल्छन् र? यो असंवेदनशिल प्रश्न थियो। उनी हारपछि मैदानबाहिर आउँदै थिए। यो त सामूहिक खेल हो।’

यता वेल्स टिमका पूर्व व्यवस्थापक मार्क ह्युग अहिले बलले खेल जिवन अन्त्य गर्नु छिटो हुने बताउँछन्। यदि बेलले तत्कालै संन्यास लिए राम्रो नहुने उनको तर्क छ।

ह्युग भन्छन्, ‘बेल वेल्सका लागि ठूलो खेलाडी हुन्। उनले खेल जिवनमा ठूला सफलता हात पारेका छन्। के उनले आफूलाई फेरि सावित गरिरहनु पर्ने छ र? छैन। उनले चार पटक च्याम्पियन्स लिग जितिसकेका छन्। उनी राम्रो फर्ममा छन्।’

प्रकाशित: Jun 27, 2021| 02:00 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।