बिहीबार, असार २५, २०८३

अतिरिक्त समयमा जित निकालेको इटाली युरो कपको क्वार्टरफाइनलमा

निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि ३० मिनेट लम्ब्याइएको खेलमा इटालीले अष्ट्रियालाई २–१ गोलले हराएको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि ३० मिनेट लम्ब्याइएको खेलमा इटालीले अष्ट्रियालाई २–१ गोलले हराएको छ।

इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा शनिबार राति सम्पन्न खेलमा जित निकाल्दै इटाली अघिल्लो चरणमा पुगेको हो भने अष्ट्रियाले युरो कपको यात्रा समाप्त गरेको छ।

अब अघिल्लो चरणमा इटालीले बेल्जियम र पोर्चुगलको विजेतासँग खेल्नेछ।

अष्ट्रिया आफ्नो फुटबल इतिहासमा पहिलोपटक युरोको अन्तिम १६ मा पुगेको थियो। तर, बलियो प्रतिद्वन्दी पाएपछि उसले त्यसअघिको यात्रा बढाउन सकेन। मार्के अर्नायुटोविचले खेलको निर्धारित समयभित्रै गोल गरे पनि भिएआरको सहायताले त्यो गोललाई रेफ्रीले अफसाइड घोषणा गरिदिएका थिए।

त्यसपछि अष्ट्रियाले बलिया आक्रमण बन्न सकेन। अतिरिक्त समयमा फ्रेडरिको चिसा र मात्तिउ पेसिनाले दुई गोल गरेपछि इटालीले दुई गोलको अग्रता बनायो। लगातार १२ खेलसम्म गोलको सामना नगरेको इटालीले त्यति बेलासम्म गोलको सामना गरेको थिएन।

तर, अतिरिक्त समयको ११४ औं मिनेटमा अष्ट्रियाका सासा कलाइजिचले गोल गरेपछि इटालीले लगातार १२ क्लिन सिटपछि गोलको सामना गरेको हो। गएरातिको जितसँगै इटालीको टिमले भने नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ।

ऊ अहिले ३१ खेलसम्म अपराजित रहँदै सन् १९३५ देखि १९३९ सम्म बनाएको अपराजित ३० खेलको कीर्तिमान भंग गरेको हो।

यता खेलको पहिलो हाफमा लगातार आक्रामण बनेको इटालीलाई अष्ट्रियाको बलियो रक्षात्मक कौशलले परास्त गरेको थियो। यसकारण सिरो इमोबिले र निकोला ब्यारेलाको धेरै प्रयासहरू खेर गएका थिए।

यद्यपी अतिरिक्त समयमा २–१ गोलको जित निकालेको इटालीले क्वार्टरफाइनलको प्रतिद्वन्दी आज पाउनेछ। युरो कपमो आज राति बेल्जियम र साविक विजेता पोर्चुगल भिड्दैछन्। त्यो खेलमा विजेतासँग इटालीले खेल्नेछ।

प्रकाशित: Jun 27, 2021| 00:58 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।