बुधबार, माघ ७, २०८२

युरोकपबाट वेल्स बाहिरियो, डेनमार्क क्वार्टरफाइनलमा

वेल्सले फ्रेममा राखेको क्रिस्टियन एरिक्सनको जर्सी डेनमार्कलाई प्रदान गर्दै सुरु भएको युरोकपको पहिलो प्रि–क्वार्टरफाइनल खेलमा वेल्सले हार बेहोरेको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं– वेल्सले फ्रेममा राखेको क्रिस्टियन एरिक्सनको जर्सी डेनमार्कलाई प्रदान गर्दै सुरु भएको युरोकपको पहिलो प्रि–क्वार्टरफाइनल खेलमा वेल्सले हार बेहोरेको छ।

National life

नेदरल्यान्ड्सको आर्मस्टारडम एरिनामा भर्खरै सम्पन्न खेलमा ४–० गोलको हार बेहोरेसँगै वेल्स युरोकपबाट बाहिरिएको छ भने जित निकालेको डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जितका लागि केस्पर डोल्बाले दुई, जोआकिम मेल र मार्टिन ब्रेथवेटले एकएक गोल गरे। २३ वर्षे फरवार्ड डोल्बाले खेलको २७ औं मिनेटमा डि बक्स बाहिरबाट गोल गर्दै अग्रता बनाएका थिए। फ्रेन्च लिग १ को क्लब निसका फरवार्ड डाल्बाका लागि मिक्केल ड्याम्सगार्डले पास उपलब्ध गराए।

यससँगै पहिलो हाफमा अधिक समय बलमा पकड जमाउँदै १९९२ को युरो विजेताले अग्रता बनाएको थियो। रियल मड्रिडका परवार्ड ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले दोस्रो हाफमा पनि गोल फर्काएन। त्यसो र बेलले सुरुआति १२ मिनेट भित्रै विपक्षीविरुद्ध गरेका दुई प्रहार पोस्टनजिकैबाट बाहिर गएका थिए।

पहिलो हाफमा प्रतिस्पर्धात्मक सुरुआत गरेको वेल्सले दोस्रो हाफमा भने खराब सुरुआत गर्यो। र, थप तीन गोल बेहोर्यो।
मार्टिन ब्रेथवेटले पोस्टको मध्यभागतिर गरेको लो क्रसलाई निको विलियम्सले क्लियर गर्न चाहेका थिए। तर ४८ औं मिनेटमा विलियम्सले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै डोल्बाले व्यक्तिगत दोस्रो गोल गरे। डिफेन्समा चुकेका विलियम्स तिनै खेलाडी हुन् जो पहिलो हाफमा वेल्सका महत्वपूर्ण डिफेन्डर क्यानर रोबर्ट घाइते भएपछि मैदान छिरेका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, खेलको अन्तिम समयमा डेनमार्कले अर्को गोल थप्यो। खेलको ८८ औं मिनेटमा जोआकिम मेलले पोस्टको वायाँ कुनामा प्रहार गर्दै गोल गरेका थिए। त्यसको एक मिनेट नबित्दै दोस्रो हाफमा मैदान छिरेका ह्यारी विल्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। यो उनको केरियरको पहिलो रेड कार्डसमेत थियो।

खेल अवधिभर विपक्षीको पोस्टतर्फ ११ प्रहार गरे पनि वेल्सले गोल गर्न सकेन। यता डेनमार्कले गरेको १६ प्रहारमा चारबाहेकका प्रयास खेर गए।

इन्ज्युरी समयमा मार्टिन ब्रेथवेटको गोल पनि रेफ्रीले अफसाइड करार गरिदिएका थिए। तर भिएआरको सहयोगमा ब्रेथेलको गोलले पुनः मान्यता पाएको थियो। यससँगै डेनमार्कले १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध ४–० गोलको जित निकाल्यो।

डेनमार्कले जारी युरोकपको समूह चरणको खेलमा पनि सम्झलायक पुनरागमन गरेको थियो। पहिलो खेलमा महत्वपूर्ण खेलाडी क्रिस्टियन एरिक्सन गुमाएको टिमले सुरुआति दुई खेलमा हार बेहोरे पनि तेस्रो खेलमा ४–१ गोलको जित निकाल्दै अन्तिम १६ मा पुगेको थियो।

वेल्सले जारी युरोकपमा चार खेल खेल्यो। जसमा समूह चरणका तीन र नकआउटको एक खेल थियो। समूहमा वेल्सले इटालीसँग हार बेहोरेको थियो भने टर्कीलाई दुई गोलले हराएको थियो। स्विट्जरल्यान्डसँग भने वेल्सले बराबरी खेल्यो।
समूह ए को वेल्स पनि दोस्रो स्थानमा रहँदै प्रिक्वार्टरफाइनल प्रवेश गरेको थियो।

उसले चार खेलमा तीन गोल गर्यो। जसमा आरोन रामसी, क्यानन रोबर्टस र किइफर मोरेले समान १–१ गोल गरे। तर फरवार्ड ग्यारेथ बेलले भने युरोकपभरी गोल गर्न सकेनन्।

प्रकाशित: Jun 26, 2021| 18:07 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।