बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्ज फ्लोयडका हत्या आरोपीलाई साढे २२ वर्ष जेल सजाय, जीवनभर हतियार राख्न नपाउने

जर्ज फ्लोयडका हत्या आरोपीलाई साढे २२ वर्ष जेल सजाय, जीवनभर हतियार राख्न नपाउने

अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ।

National life

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ वर्ष जेल सजाय तोकेको हो।

गत वर्ष सन् २०२० मे २५ तारिखमा ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो।

भिडियो सार्वजनिक भएपछि अमेरिकाभर आन्दोलन भएको थियो। हत्याको विरोधमा मानव अधिकारकर्मी र अश्वेत पक्षधरहरुले अन्य देशमा पनि केही दिन प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको थियो।

हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो।  

Laxmi sunrise bank
kumari

घटना भएको एक वर्षभन्दा बढी समयपछि अदालतले फैसला गरेको हो। प्रहरी अधिकारीले अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ। चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो।

चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने फैसलामा उल्लेख गरिएको छ। अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन्। सुनुवाइका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए। अदालतले भने योभन्दा झण्डै आधा मात्रै सजाय तोकेको छ।

प्रकाशित: Jun 26, 2021| 09:07 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।