बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप नकआउट आजबाट: वेल्ससँग डेनमार्क र इटालीसँग अष्ट्रिया भिड्दै

युरोकप नकआउट आजबाट: वेल्ससँग डेनमार्क र इटालीसँग अष्ट्रिया भिड्दै

बुधबार समूह चरणका खेल सकिएको युरोकपमा आज (शनिबार) बाट अन्तिम १६ का खेलहरू सुरु हुँदैछन्।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- बुधबार समूह चरणका खेल सकिएको युरोकपमा आज (शनिबार) बाट अन्तिम १६ का खेलहरू सुरु हुँदैछन्। अन्तिम १६ अन्तर्गत आज नेदरल्यान्ड्सको आमस्टारडम र इंग्ल्यान्डको लन्डनमा गरी दुई खेल हुँदैछ।

नकआउट शैलीमा हुने प्रिक्वार्टरफाइनल खेलअन्तर्गत आमस्टारडम एरिनामा हुने खेलमा वेल्सले डेनमार्कको सामना गर्नेछ। वेल्स समूह ए को उपविजेता भएर अन्तिम १६ मा प्रवेश पाएको हो भने डेनमार्क समूह बी को उपविजेता भएर अन्तिम १६ पुगेको हो।

राति पौने १० बजेबाट सुरु हुने खेलमा यी दुईमध्ये आजको विजेता टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

विश्वकप र युरोकपजस्ता महत्त्वपूर्ण प्रतियोगितामा पहिलोपटक भेट भएका यी दुई टिमले त्यसबाहेकका थुप्रै खेलमा प्रतिस्पर्धा गरेका छन्। त्यसमध्येका पछिल्ला १० खेलमा ६ खेल डेनमार्कले जितेको छ भने बाँकी वेल्सले जितेको छ।

त्यस्तै, राति पौने १ बजे लन्डनको बेम्बलीमा सुरु हुने खेलमा भने इटालीले अष्ट्रियाको सामना गर्नेछ। यी दुई टिमको विजेता पनि क्वार्टरफाइनलमा पुग्नेछ।

यी दुई टिमबीचको विगत हेर्ने हो भने अष्ट्रियाको तुलनामा इटाली बलियो टिम हो। किनभने इटालीले अष्ट्रियासँगको पछिल्ला १३ भेटमा हार बेहोरेको छैन (१० जित ३ बराबरी)।

इटालीले अष्ट्रियासँग सन् १९६० को एक मैत्रीपूर्ण खेलमा हार बेहोरेपछि हारेको छैन। यता इटाली अहिले पनि ३० खेलसम्म अपराजित छ।

त्यस्तै, सन् १९३४, १९७८, १९९० र १९९८ को विश्वकपमा यी दुई टिम भेट हुँदा इटालीले क्रमशः १–०, १–०, १–० र २–१ गोलअन्तरको जित निकालेको थियो।

प्रकाशित: Jun 26, 2021| 07:44 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।