बिहीबार, असार २५, २०८३

यूएईमा आईपीएललगत्तै टी–२० विश्वकप आयोजनाको तयारी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) र टी-२० क्रिकेट विश्वकप एकपछि अर्को गरी यूएईमा आयोजना गर्ने तयारी थालेको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) र टी-२० क्रिकेट विश्वकप एकपछि अर्को गरी यूएईमा आयोजना गर्ने तयारी थालेको छ।

यसबारे आईसीसीले पूर्ण जानकारी नदिए पनि क्रिकइन्फोले अक्टोबर १७ बाट यूएईमा विश्वकपको आयोजना गर्ने तयारी थालेको जानकारी दिएको हो। १६ टिम सम्मिलित प्रतियोगितामा नोभेम्बर १४ मा फाइनल खेल गर्ने गरी आयोजना को तयारी सुरु भएको छ।

यो योजनाअनुसार आईसीसी र इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले काम गरेमा आईपीएल सकिएको दुई दिनपछि विश्वकप सुरु हुनेछ।

कोभिडको महामारीका कारण पछिल्लो सिजनको आईपीएल यूनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो। तर, महामारीबीच नै यो वर्षको प्रतियोगिता आफैं आयोजना गरेको इन्डियाले कोभिडको केसका कारण प्रतियोगिता बीचमै रोक्नु परेको थियो।

त्यसपछि बीसीसीआईले बाँकी रहेको आईपीएलका खेल १९ सेम्टेम्बरदेखि १५ अक्टोबरसम्म यूएईमा गराउने भएको छ।

प्रकाशित: Jun 26, 2021| 07:32 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।