बिहीबार, असार २५, २०८३

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

आईसीसी विश्वकप लिग २ को स्पेनमा हुने त्रिकोणात्मक सिरिज स्थगित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि स्थगित भएको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- आईसीसी विश्वकप लिग २ को स्पेनमा हुने त्रिकोणात्मक सिरिज स्थगित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो। 

आउँदो जुलाईको अन्तिममा आयोजना गरिएको नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित प्रतियोगिता दुई दिन अघि मात्र स्थगित गरिएको थियो।

नामिबियामा कोभिड–१९ को केसका कारण प्रशिक्षण प्रभावित भएको भन्दै गत बिहीबार आईसीसीले प्रतियोगिता स्थगित गरेको थियो। त्यसपछि क्यानले एक सूचनामा प्रतियोगिता एक वर्ष पछि धकेलिएको बताएको थियो।

यससँगै नेपाली टिमको बन्द प्रशिक्षण स्थगित भए पनि प्रशिक्षक डेभ वाटमोरले फिजियो विक्रम न्यौपानेको साथमा सानो समूहमा कोभिडको सुरक्षा मापदण्ड पालना गरेर प्रशिक्षण दिने क्यानले बताएको छ।

प्रकाशित: Jun 26, 2021| 05:42 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।