बिहीबार, असार २५, २०८३

सोनिया भट्टले जुडोबाट ओलम्पिक खेल्ने

नेपाली जुडो खेलाडी सोनिया भट्टले ओलम्पिक २०२० खेल्ने पक्का भएको छ।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

काठमाडौं- नेपाली जुडो खेलाडी सोनिया भट्टले ओलम्पिक २०२० खेल्ने पक्का भएको छ। नेपाल जुडो एसोसिएसनले एक सूचना जारी गर्दै सोनियाले टोक्यो ओलम्पिक खेल्न लागेको जानकारी दिएको हो।

सन् १९८३ मा स्थापना भएयता जुडोले पाँचपटक आफ्ना खेलाडीलाई ओलम्पिकमा सहभागी गराइसकेको छ। यो वर्षको ओलम्पिकमा पनि वाइल्डकार्ड मार्फत् सोनियाले सहभागिता जनाउने पक्का भएको हो।

‘हाम्रा कडा मेहेनत र प्रार्थनाको उत्तर प्राप्त भएको छ,’ संघले सूचनामा लेखेको छ, ‘यो देश, संघ र खेलाडीको लागि पनि गर्वको कुरा हो।’

ओलम्पिकमा सहभागी बन्न लागेकी सोनियाले यसअघि बीकेएसपी कप जुडो, एसियन च्याम्पिनयसिप, एसियन कप क्याडेट जुनियर, युवा ओलम्पिक, विश्व जुडो च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुदमा लगायतका प्रतियोगितामा सहभागी बनिसकेकी छन्।

संघले सोनियाको सफलताको लागि कामना गरेको छ।

प्रकाशित: Jun 26, 2021| 05:28 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।